२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गुण्डागर्दी मुक्त जिल्ला बनाउछु – एसपी


३००९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ८, मंगलबार मा प्रकाशित ६ साल अघि
  • धुलिखेल-जिल्ला प्रहरी कार्यालय काभे्रे प्रमुखको रुपमा हालै आउनु भएका प्रहरी उपरिक्षक (एसपि) रविराज खड्काले काभ्रे जिल्लालाई तस्करी र गुडागर्दी मुक्त बनाउने बताउनु भएको छ ।

    सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजित परिचात्मक एवं पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एसपी खड्काले जिल्लामा रहेका तस्करी र गुडागर्दी एवं अपराधिक गतिविधिमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई पक्राउ गर्नुका साथैे चोरी तस्करी, लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्ने ठोकुवा गर्नु भयो ।
    नेपाल प्रहरीले निर्धारण गरेको ‘सत्य सेवा सुरक्षणम्लाई आधर मान्दै त्यसकै पेरि फेरीमा रहेर आम नागरिकलाई भयमुक्त वातावारण बनाउने बताउनु भयो । प्रहरी अहोरात्री खटेर शान्ति सुरक्षाको प्रत्याभुती गराउने कार्यको लागि योजना निर्माण भैसकेको बताउनु भयो । उहाँले थप्नुभयो अपराधमुक्त एवं भयमुक्त वातावरण बनाउन पत्रकार, नागरिक समाज र सर्वसाधारण जनताहरुको समेत सहयोग आवश्यकता रहेको बताउनु भयो ।

    एसपी खड्काले पत्रकारहरुको छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रदान हुने हरेक किसिमका सेवा तथा सूचनाहरु सहि समयमा सबैलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो । जिल्लामा क्रियाशिल पत्रकारहरुले प्रहरीबाट समयमा नै सुचनाको आवश्यकता रहेकाले सुचना दिन कसैलाई काख कसैलाई पाखा नगरी समान व्यवहार गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार