२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

गुण्डाराजको अन्त्य गर्छु – गृहमन्त्री थापा


१९५८ पाठक संख्या

भक्तपुर-गृहमन्त्री रामवहादुर थापाले मुलुकमा गुण्डा गर्दीको कारण सर्वसाधारण जनताले सास्ति खेप्नुपरेकोले जनताको हितको लागि गुण्डाराजको

  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • भक्तपुर-गृहमन्त्री रामवहादुर थापाले मुलुकमा गुण्डा गर्दीको कारण सर्वसाधारण जनताले सास्ति खेप्नुपरेकोले जनताको हितको लागि गुण्डाराजको अन्त्य गर्ने बताउनु भयो ।

    भक्तपुरमा सोमबार आयोजना गरिएको सहिद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा गृहमन्त्री थापाले थप्नुभयो जनताको राज स्थापना गर्ने कार्य सरकारको भएकोले पहिलो प्राथमिकताको साथमा कार्य गर्ने बताउनु भएको थियो ।

    मुलुकमा गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताउंदै अव धेरै दिन कुनु नपर्ने बताउनु भयो । देशमा रहेको सबै प्रकारको सिण्डिकेटको अन्त्य गर्दै सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताउनु भयो । मुलुक भ्रष्टाचार र तस्करीको कारण बिभिन्न प्रकारको विकास अवरुद्ध भएको बताउँदै सरकारले भ्रष्टाचार र तस्करीको अन्त्य संगै बिकास निर्माणको कार्यलाई अगाडि बढाउने बताउनु भयो ।

    कार्यक्रममा गृहमन्त्री थापाले जनयुद्धका सहिद तथा बेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार तयार रहेको बताउनु भयो । समाजवाद उन्मुख संघीय सरकार निर्माणमा सहिद र बेपत्ता योद्धाहरुको बलिदानबाट नै हालको उपलब्धि हासिल भएको बताउनु भयो । बेपत्ता नागरिक र सहिदले देखेको बाटोलाई पहिल्याउंदै उनीहरुको सपना साकार पार्ने कार्यमा सरकार लागि रहेको बताउनु भयो । भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमि दोहन मौलाएको भन्दै अवैध बालुवा उत्खननलाई रोक्न प्रहरी प्रशासनलाई निर्देशन दिनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार