२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वातावरण मैत्री गाउँ बन्दै बेथानचोक


४१०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ९, बुधबार मा प्रकाशित ६ साल अघि
  • नवराज सापकोटा
    बेथानचोक । दैनिक रुपमा आवश्यक पर्ने खानेपानीको समस्या भोग्दै आएकी गणेशस्थानकी रुपा तामाङले आकाशेपानीलाई संकलन गर्ने प्रणाली जडान गरेपछि पानीको अभावको समस्याबाट मुक्ती पाइन । उनले बलेसीको पानी संकलन गरि पानीलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा तालिम पनि पाएकी छिन । पानी संकलन पछि तरकारी खेति समेत शुरु गरेकी उनले अहिले तरकारी बेचेर थप आम्दानी गर्न सफल भएकी छिन् ।

    अर्का स्थानीय वीर बहादुर तामाङले स्थानीय स्तरमा उपलब्ध भएका स्रोत साधनको वातावरण मैत्री रुपमा प्रयोग गरी आफ्नो जीवन स्तर उकास्न सफल भए । जैविक विधि अपनाइ बेमौसमी गोलभेँडा उत्पादन गरेका उनी समाजमा सफल कृषकको परिचय बनाउन सफल भएका छन् ।

    जिल्लाको बेथाञ्चोक गाउँपालिकाका सबै वडाहरुलाई वातावरण मैत्री गाउँपालिका बनाउने कार्य अघि बढेपश्चात रुपा तथा वीर बहादुर जस्तै धेरैको जीवनस्तरमा परिर्वतन आएको छ । घरायसी प्रयोजन सँगै कृषि कार्यमा वातावरण मैत्री विधि अपनाई वातावरण संरक्षणका कार्य संचालन गरेको ग्रामिण प्रविधि केन्द्रका कार्यक्रम अधिकृत सुवास लामिछानेले बताए ।

    विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा वातावरण मैत्री गाउँ निर्माण अभियान संचालन भएको हो । कार्वन उत्सर्जन कम गर्ने समुदायहरु निर्माण गर्ने विकास केन्द्रित एउटा एकीकृत अवधारणा सहित परियोजना संचालनमा रहेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले बताए । परियोजना कार्यान्वयनका लागि जिल्ला समन्वय समिति काभ्रेको समन्वयमा जिल्लाका साझेदार संस्थाहरु घट्टधनी संघ काभ्रे तथा जिल्ला कृषि विकास कार्यालय काभ्रे सँगै गाउँपालिकाले समन्वय गरेको उनले बताए i

    हाल परियोजनाले फलामे सुधारिएको चूलो वितरण, माटोबाट बनेको घरायसी चूलो,सौर्य विद्युत प्रणाली, गोवरग्याँस प्लान्ट मर्मत सम्भार, सुधारिएको पानी घट्ट आकाशेपानी संकलन, प्लाष्टिक टनेल खेति, लघु सिंचाइ, पशुमलमुत्र व्यवस्थापन, वृक्षारोपण, फोहर व्यवस्थान लगायतका कार्य संचालन गर्दै आएको छ ।

    विहीवार परियोजनाले स्थानीय अगुवाहरुका लागि वातावरण मैत्री अवधारणा बारे १ दिने अनुशिक्षण सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं २ का अध्यक्ष भगवान घिमिरेले सबै दैनिक तथा आर्थिक कृयाकलापहरु वातावरण मैत्री हुन पर्ने बताए । वडा नं ३ का वडाअध्यक्ष दिल बहादुर श्रेष्ठले वातावरण जोगाउँदै आर्थिक उपार्जन हुने क्षेत्र पहिचान गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा अतिथिहरु घट्ट धनि संघ काभ्रेका अध्यक्ष शिव शरण श्रेष्ठ, ग्रामिण प्रविधि केन्द्रका कार्यक्रम अधिकृत सुवास लामिछाने र सोभाना महर्जनको उपस्थिति रहेको थियो । भने स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षकहरु, समाजसेवी ,कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना बेथान्चोक गाउँपालिका,घट्ट धनी संघकाभ्रे , ग्रामिण प्रविधिकेन्द्र र भनीमण्डल ललितपुरले गरेको थियो । यस अघि अनुशिक्षण कार्यक्रम गाउपालिकको वडा नं ६,५,२ र ३ मा सम्पन्न भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार