२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आड्राको पुस्तकालय गोरखनाथमा


२१५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ९, बुधबार मा प्रकाशित ६ साल अघि
  • पनौती । पनौतीमा रहेको गोरखनाथ आधारभूत विद्यालयका लागि आड्रा नेपालले पुस्तकालय निर्माण गरिदिने भएको छ ।

    आड्रा कोरियाको आर्थिक सहयोग तथा आड्रा नेपालको समन्वयमा उक्त पुस्तकालय निर्माण हुने भएको हो । बुधवार विद्यालयमा सम्पन्न एक कार्यक्रमको बिच पुस्तकालय उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा आड्रा कोरियाका कन्ट्री डाइरेक्टर तथा प्रतिनिधि तथा आड्रा नेपालका प्रतिनिधीको उपस्थिति रहेको थियो ।

    पुस्तकालय उद्घाटन पश्चात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद सापकोटाले पुस्तकालय विद्यार्थीको नियमित अध्ययन सँगै बाह्य ज्ञान प्राप्तीमा सहयोगी हुने बताए । पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र दाहालले पुस्तकालय विद्यालय र समुदाय बिचको सम्बन्ध विस्तारमा सहयोगी सिद्धहुने बताएका थिए । विद्यालयका प्रधानाध्यापक ईश्वर बहादुर भण्डारीले भूकम्प पछि संचालन गर्न नसकिएको पुस्तकालय संस्थाले संचालन गरि सहयोग गर्न लागेकोमा धन्यवाद दिएका थिए ।

    परीक्षणका रुपमा हाल जिल्लाका ३ विद्यालयमा पुस्तकालय संचालन गर्न लागिएको आड्रा नेपालले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार