२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

करारका दुई शिक्षिका माथि अत्याचार न्यायको लागि हिसान समक्ष निवेदन


३६३४ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ११, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • बनेपा-एक बर्ष अगाडि करारमा नियुक्त भएका दुई शिक्षिकाहरुले आफु अन्याएमा परेको भन्दै न्यायको खोजिमा भौतारीइ रहेका छन् । नियुक्ति हुंदा उल्लेख भए अनुसारको सेवा सुबिधा दिनुको बदलामा आफुमाथि ठुलो अन्याए गरेको भन्दै शिक्षकहरुको हक, अधिकारका विषयमा आवाज बुलन्द पार्दै शैक्षिक क्षेत्रमा व्याप्त विसंगतिका विरुद्धमा संगठित रुपमा संघर्ष गर्दै आएको HISTAN (High School Teacher’s Association Nepal) हिसान समक्ष न्यायको लागि निवेदन दर्ता गराएका छन् ।

    बनेपा न.पा. वडा नं. ४, मा रहेको चण्डेश्वरी मा.वि.,मा उ.मा.वि. दरबन्दी र अनुदान दरबन्दीको लागि मिति २०७३-०८-१२ र २०७३-१०-२९ देखि करार नियुक्ति पाई कार्यरत शिक्षिकाद्वय निर्मला भण्डारी र चेतना खड्कालाई विना कारण जागिरबाट हटाउने प्रपञ्च रचेको पिडित पक्षले जानकारी गराएको छ । करार शिक्षिका द्वयले करार अनुसारको नीति नियमलाई कुनै वास्ता नगरी थोरै समयको लागि करार नबिकरण गरेको भन्ने जानकारी प्राप्त भएको छ ।

    शीक्षिका द्वयले पाउने अधिकारको कुनै वास्ता नगरी छोटो समयको लागि करार नविकरण गरी मानसिक रुपमा पिडा दिनुका साथै विद्यालय प्रशासनले समेत मौखिक रुपमा दवाव दिदै आएको जानकारी प्राप्त भएको छ । वि.व्य.स. ले उक्त पदमा कार्यरत शिक्षकहरुलाई मासिक रुपमा पाउने तलबबाट प्रत्येकको १०, दश हजार मासिक रुपमा लेखापालको नाममा चेक कटाई असुल गरि आर्थिक अनियमितता समेत गर्ने गरेको जानकारी प्राप्त भएको छ । यसै बिषयलाई लिएर हिसानका अध्यक्ष सर्वोत्तम गिरि द्वारा हस्ताक्षरित विज्ञपित द्वारा न्यायको माग गर्दै दोषि उपल कडा कारवाहि माग गर्नु भएको छ ।

    बिज्ञप्तिको पुर्ण पाठ निम्न अनुसार रहेको छ ।

    श्रीमान् प्रमुख ज्यू
    जिल्ला शिक्षा विकास तथा समन्वय इकाई
    काभ्रेपलाञ्चोक, प्रदेश नं. ३, नेपाल

    विषय – न्याय दिलाई पाउँ ।
    महोदय,

    HISTAN (High School Teacher’s Association Nepal)तत्कालिन उ.मा.वि. (हाल माध्यमिक) तहमा कार्यरत शिक्षकहरुको हक, अधिकारका विषयमा आवाज बुलन्द पार्दै शैक्षिक क्षेत्रमा व्याप्त विसंगतिका विरुद्धमा संगठित रुपमा संघर्ष गर्दै आएको विशुद्ध पेशागत संगठन हो । यसै परिवेशमा श्री चण्डेश्वरी मा.वि., बनेपा न.पा. वडा नं. ४, काभ्रेपलाञ्चोक जिल्लामा उ.मा.वि. दरबन्दी र अनुदान दरबन्दीमा मिति २०७३-०८-१२ र २०७३-१०-२९ देखि करार नियुक्ति पाई कार्यरत शिक्षिकाद्वय श्री .निर्मला भण्डारी र चेतना खड्कालाई विना यथोचित कारण मौखिक रुपमा जागिरबाट छोड्ने दबाब दिई थोरै समयको लागि मात्र करार नविकरण गरि आतंकित पार्ने क्रियाकलापप्रति यस संगठनको ध्यानाकर्षण भएको र सो को घोर निन्दा गर्दछौं । वि.व्य.स. ले उक्त पदमा कार्यरत शिक्षकहरुलाई मासिक रुपमा पाउने तलबबाट प्रत्येकको रु. १०,०००।– (दश हजार) मासिक रुपमा लेखापालको नाममा चेक कटाई असुल गरि आर्थिक अनियमितता गरेको पाइएकोमा कानूनी लोकतान्त्रिक शासन तथा मानव अधिकारको धज्जी उडाएको यस संगठनको ठहर छ । यस परिप्रेक्ष्यमा सम्बन्धित पिडित शिक्षिकाहरुलाई सुरक्षित रुपमा पेशामा फर्कने वातावरण बनाउँदै सत्यतथ्य छानविन गरि दोषी उपर कडा भन्दा कडा कारवाही गर्नको लागि सम्बन्धित निकायहरु समक्ष जोडदार माग गर्दछौं ।

    • बोधार्थ –
      १. बनेपा नगरपालिका
      २. जिल्ला प्रशासन कार्यालय, काभ्रे
      ३. महिला विकास कार्यालय, काभ्रे
      ४. पत्रकार महासंघ, काभ्रे
      ५. शिक्षक महासंघ, काभ्रे
      ६. ज्क्ष्क्त्ब्ल् केन्द्रिय कार्यालय
      ७. शिक्षा विभाग
      ८. मानव अधिकार आयोग
      ९. अख्तियार दुरुपयोग अन्ुसन्धान आयोग
    • अध्यक्ष
      सर्वोत्तम गिरी
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार