२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

भुगदेउमा पशु स्वास्थ्य शिविर


४७५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ १७, बिहिबार मा प्रकाशित ५ साल अघि
  • बेथान्चोक । पशु स्वास्थ्य एक दिने शिविर बेथान्चोक गाउपालिका वडा नं ६ भुगदेउ महांकालमा सम्पन्न भएको छ । ग्रामिण उत्थान बहुमुखी सेवा समिति काभ्रेको आयोजना तथा जिल्ला पशु सेवा कार्यालय काभ्रे र बेथान्चोक गाउपालिकाको सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

    शिविरमा भुग्देउ महांकालका २०० घरका ११०० भन्दा बढी घरपालुवा जनावरको स्वास्थ्य जाँच गरेको ग्रामिण उत्थान बहुमुखी सेवा समितिका अध्यक्ष आश्विन चौलागाइले जानकारी दिए । पशु स्वास्थ्य शिविरमा जिल्ला पशु सेवा कार्यालयका डाक्टर नारायण बहादुर श्रेष्ठ सहित ११ जना पशु सेवा बिज्ञहरुले उपचार गरेका थिए ।

    शिविरमा आकस्मिक उपचार आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण, पशुहरुलाई खोप,पशु बन्ध्याकरण, गर्व परिक्षण र बाझोपन निवारणका साथै प्राविधिक परामर्श समेत दिएको डा. श्रेष्ठले जानकारी दिए । शिविरको आर्थिक सहयोग सीई सिआइसि र जिएसीले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार