२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री पोखरेल र नेपालका लागी न्युजिल्याण्डका राजदूत केम्पर्स बिच शिष्टाचार भेट


९२९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ १७, बिहिबार मा प्रकाशित ५ साल अघि
  • अशोक कुइकेल

    काठमाण्डौं-शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि न्युजिल्याण्डका राजदूत जोना केम्पर्स बिच शिष्टाचार भेट भएको छ ।

    शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयमा आज भएको भेटमा दुई देशबिचको सम्बन्ध सुमधुर राख्न सहकार्य र साझेदारी गर्ने बिषयमा छलफल भएको छ । भेटमा राजदूत केम्पर्सले नेपालको शैंक्षिक अवस्थाको विकासको लागी न्युजिल्याण्ड सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । शिक्षा क्षेत्रको विकास संगैं नेपालको खेल बिज्ञान, पर्यटन विकास र राष्ट्रिय उद्यान व्यवस्थापनमा न्युजिल्याण्डले सहयोग गर्ने राजदूत केम्पर्सले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    भेटमा राष्ट्रिय भर्ना अभियानको सफलता, सरकारको प्राथामिकता र शिक्षामा छुट्याएईको बजेटका सन्र्दभमा पनि छलफल भएको थियो । राजदूत केम्पर्ससंगको भेटमा मन्त्री पोखरेलले नेपालमा बैंज्ञानिक शिक्षाको आवश्यकता रहेको औंल्याउँदै सहयोगको लागि अनुरोध गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार