२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरीको नियन्त्रणमा ५ पत्रकार


२८२१ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ १८, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • राजन कार्की

    बनेपा। समाचार संकलनका क्रममा ५ जना पत्रकारलाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको छ ।

    जेठ १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा दिउँसो ३ः०० बजेतिर समाचार संकलन गरिरहेका अनलाइन टिभी अन्नपूर्णका पत्रकारहरू राजु सुवेदी, सर्मिला सुवेदी, विमल खड्का, राजकुमार विष्ट र विनोद देवकाटालाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर मानसिक तनाव दिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएका थिए ।

    पत्रकारको समाचार संकलन गर्ने संविधानप्रदत्त अधिकारलाई बिर्सेर आमनागरिको सुरक्षामा तैनाथ प्रहरीबाट भएको यो ज्यादतीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको महासंघको ठहर छ । महासंघ प्रहरीबाट भएको यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्नुका साथै पत्रकारको सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाउन सरकारस“ग माग गर्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार