२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा हत्याका अभियुक्त विराटनगरमा झ्याप


३३४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ १८, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • सम्झना मैनाली
    बनेपा । बनेपानपा –११, धनेश्वरका ३७ वर्षिय ईश्वर थापाको हत्या भएको थियो । हत्याका अभियुक्त खोजने क्रममा प्रहरीले विराटनगरबाट आरोपी दुई जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले विराटनगरमा पक्राउ गरी ल्याएका सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाविस वडा नं. ३ निवासी हाल बनेपा नपा वडा नं. ४ बस्ने वर्ष १८ को लक्ष्मण भन्ने बसन्त खड्का र काभ्रेपलाञ्चोक जिल्ला बनोपा नपा वडा नं. ४ बस्ने २२ वर्षिय राजु सिग्देल रहेका छन् ।

    पक्राउ परेका खड्का र सिग्देललाई शुक्रबार (आज) इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरी सार्वजननिक गरेको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक सुनिल जंग शाहका अनुसार उनीहरुलाई मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडानं. ११ बाट पक्राउ गरेका थिए ।
    पक्राउ परेका खड्का र सिग्देलले मार्ने हिसाबले कुटपिट नगरीएको बयान दिएको प्रहरी निरिक्षक शाहले पत्रकार सम्मेलनमो जानकारी दिए । बयानको क्रममा अभियुक्त खड्काले आफ्नो आमा माथि सर्धै भौतिक आक्रमण गरिरहेकोले कुटेर विराटनगर भागेर गएको उनको बयानलाई उदृत गर्दै प्रहरीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार