२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

सरकारले प्रस्तुत गरेको वजेट बिकासको लागि मशाल हो – मन्त्री


२२४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २०, आईतबार मा प्रकाशित ५ साल अघि
  • बनेपा । सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारसँग अहिलेका अहिल्यै सूनकै अण्डा दिन सक्ने तागत नभएको बताएका छन् ।

    जिल्ला सहकारी संघ लि. काभ्रेले बनेपमा आयोजना गरेको स्थानीय बिकासमा सहकारीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
    कार्यक्रमका प्रमुख अतिथि मन्त्री बाँस्कोटाले वर्तमान सरकारले प्रस्तुत गरेको बजेट विकासको मशाल भएको दावी गरे । ‘विकासको मशाल बालेका छौं । त्यो मशाल कहिल्यै पनि निभ्ने छैन ।’ उनले भने, ‘त्यसैले अर्थमन्त्री ज्यूले भनेको छ कि २ वर्ष गाली खान्छु, तर २ वर्षपछि तालि बाहेक केही खान्नौं ।’

    सम्बोधनकै क्रममा बाँस्कोटाले सहकारी समाजवाद निर्माणको एक महत्वपूर्ण पिलर भएको बताउँदै वर्तमान सरकारले तीनै तहमा सहकारीकोबारेमा स्पष्ट कुरा उल्लेख गरेको बताए । साथै सरकारले बजेटमा पनि सहकारीको विकास सम्बद्र्धनका लागि सरकारले विशेष महत्व दिएको उनको दावी छ ।
    कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले मुलुकमा नयाँ व्यवस्था भएकोले आफूहरु अलमलमा परेको बताए । वाइबाले एक वर्षको कार्यकाल निक्कै आप्ठयारोका साथ वितेको अनुभव सुनाए ।

    ‘प्रदेश र केन्द्रको निर्वाचन पहिला भएको भए काम धेरै हुन्थ्यो । कानुनको अभाब, कर्मचारीको अभावको कारण हामीले काम गर्न सकेनौं ।’ प्रमुख वाइबाले भने– ‘अब विकासको गति तीब्र रुपमा अगाडि बढ्ने छ ।’ आर्थिक समृद्धिको तीन खाम्बा मध्य एक सहकारी भएकोले यसको विकासको लागि आफू जिम्मेवार ढंगले लाग्ने वाईबाले बताए ।

    काभ्रेलाई सबै चीजबाट आत्मनिर्भर बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउँदै वाईबाले सहकारीहरुको गुण दोषकोबारेमा समेत चर्चा गरे । ‘कतिपय नमुना नि छन्, कतिपय झोलामा बोकेर हिड्ने सहकारी पनि देखेका छौ ।’ वाईबाले भने, ‘हामीले बिधिको शासन चाहेकोले सबैको एकरुपतामा बिकास गर्न आबश्यक छ ।’ संघरसंस्था आउने तर स्थानीय सरकारलाई जानकारी नदिने सस्कारको बिकास भएकोमा उनले चिन्ता व्यक्त गरे ।

    कार्यक्रमको औचित्य र महत्वकोबारेमा बोल्दै संघका जिल्ला अध्यक्ष विनोद पराजुलीले स्थानीय तहहरुले बजेट तर्जुमा गर्नै लागेकोबेला गरिएको कार्यक्रमले बजेट निर्माणमा समेत टेवा पुग्ने बताए । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले सहकारीले जन्माएको विकृतिको अन्त्य गर्न स्थानीय तहको ठूलो भूमिका रहने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार