२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रदेश ३ कोलागी संचित कोषबाट ५ करोड भिक्दै


३३२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २०, आईतबार मा प्रकाशित ६ साल अघि
  • राजन कार्की
    हेटौंडा । ३ प्रदेशसभा बैठकमा आज (आइतबार) ‘प्रदेशको आकस्मिक कोष सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७५’ प्रस्तुत भएको छ । प्रदेश सभा भवन हेटौंडामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक प्रस्तुत गरेका हुन् ।

    विधेयकमा प्रदेश संचित कोषबाट ५ करोड रुपियाँ झिकी प्रदेश आकस्मिक कोषमा राख्नुपर्ने र खर्च हुनासाथ सोधभर्ना गर्नुपर्ने उल्लेख छ । बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु छिरिङ दोर्जे लामा, मिना ज्ञवाली, न्हुच्छेनारायण श्रेष्ठ, भावना सुवेदी, विराजभक्त श्रेष्ठ, नरोत्तम बैद्य, डा. राजेन्द्रमान श्रेष्ठले धारणा राखेका थिए ।

    प्रदेशसभा सदस्यहरुले विधेयकले प्राकृतिक वा गैरप्राकृतिक विपद् लगायतका आकस्मिक कार्यमा कोष खर्चिने जनाइएको भन्दै यसलाई विपद् न्यूनिकरणका पूर्व तयारीमा पनि खर्च गर्ने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए । संसदमा उठेका जिज्ञासको जवाफ दिँदै मन्त्री ढुंगेलले सुझाबलाई सम्पत्तिको रुपमा लिइ आवश्यकता अनुसार विधेयकमा समावेश गरिने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार