२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विप्लवले भारतीय कम्पनीलाई खतराको शंकेत


२१७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २०, आईतबार मा प्रकाशित ६ साल अघि
  • राजन कार्की
    काठमाडौं– विप्लव नेतृत्वको नेकपाल कम्युनिष्ट पार्टीले अरुण—३ परियोजनाबाट हात झिकेर फर्कन भारतीय कम्पनी सतजललाई पत्र मार्फत जानकारी गराएका छन् । विप्लव नेतृत्वको पूर्वी कमाण्ड इन्चार्ज अनिल बिरहीले सतलज जलविद्युत् निगम लिमिटेडलाई पत्र मार्फत जानकारी गराएको हो ।

    पत्रमा अरुण–३ मा हुने भारतीय लगानीले नेपालमा भारत विरोधी जनमत बढ्ने मात्र होइन कम्पनीको ठूलो लगानी नै डुब्ने उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘अरुण—३ जस्ता आयोजनाहरु आन्तरिक खपतको लागि आन्तरिक पुँजी परिचालित गरेर निर्माण गरिनुपर्छ, त्यसमा सर्वसाधारण स्थानीयले शेयर लगानी गर्न पाउनुपर्छ, त्यसको सव—स्टेशन नेपालमै रहनु पर्दछ, तल्लो तथा माथिल्लो तटीय अधिकार नेपालकै हुनुपर्छ लगायतका देशको हितमा हामीले प्रश्न उठाउँदै आएका छौँ । यो परियोजना नेपाल सरकारले संविधानको धारा २७९ (अन्तरिम संविधानको धारा १५६)लाई छल्दै चोरबाटोबाट नवऔपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुम्पिएको छ ।

    त्यसकारण नेपाल सरकार र यहाँका दलहरुलाई दबाव र प्रभावमा पारेर भारत सरकारमार्फत तपाईहरु नेपालको हित विरोधी काममा संलग्न हुनु दुःखको विषय हो । तसर्थ अरुण—३ परियोजनाबाट हात झिकेर फर्कन हामी तपाईहरुलाई अनुरोध गर्दछौँ । अन्यथा त्यसले नेपालमा भारत विरोधी जनमत बढ्ने मात्र होइन तपाईहरुको ठूलो लगानी डुब्नेछ ।’

    सम्झौता भएको पाँच वर्षपछि अरुण तेस्रोको ‘स्वीच अन’

    पत्रमा परियोजनाको सम्दर्भमा देशभक्त नागरिक र जलस्रोत विज्ञहरुले विरोध गर्दै आएको समेत उल्लेख गर्दै नेपालको हित विरोधी भएका सहमती सम्झौता र समझदारी पार्टीलाई मान्य नहुने पनि स्पष्ट पारिएको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेका थिए ।

    भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको सो आयोजनाको आज प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षीले ‘स्वीच अन’ गरेर शिलान्याश गरेका थिए । शिलान्याश समारोहमा मन्त्रिपरिषद्का सदस्यको सहभागिता थियो । संखुवासभामा आयोजनास्थल रहेको सो आयोजनाको आयोजनास्थलबाट नेपाल टेलिभिजनले प्रत्यक्ष दृश्य प्रसारण गरेको थियो भने होटल द्वारिकामा आयोजित समारोहमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीले स्वीच अन गरेका थिए ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा अरुण तेस्रोको उद्घाटन भएको थियो । गत बैशाख १५ मा अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको थियो । गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार