२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

भदौमा विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा, मन्त्री परिषको बैठकले आज के के निर्णण गरे ?


२२२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २०, आईतबार मा प्रकाशित ५ साल अघि
  • ऋतु श्रीवास्तब

    काठमाडौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आज (आइतबार) बसेको बैठकले विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने औपचारिक निर्णय गरेको हो ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरूसँग गर्ने निर्णय पनि गरेको छ । शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

    सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारगार कार्यालयहरूको संगठन संरचना तथा दरबन्दी पनि स्वीकृत गरेको छ । प्रशासनको कामलाई सहज ढंगले सम्पन्न गर्न प्रशासन, अध्यागमन र कारगार कार्यालयमा संगठन संरचना र दरबन्दी मिलानसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको पनि सरकारका प्रवक्ता बाँस्कोटाले स्पष्ट पारे।

    मन्त्रिपरिषद् बैठकले काठमाडौं–तराई प्रदेश मार्ग सडक आयोजना सञ्चालन कार्य्विधि, २०७५ लाई पनि स्वीकृत गरेको छ । त्यसैगरी, सरकारले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकलाई संसदमा पेश गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । प्रवक्ता बाँस्कोटाले कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरिएको बताए।

    सरकारले विद्यार्थी भर्ना अभियान अन्तरगत अझै ५९ हजार विद्यार्थीहरू विद्यालय नगएको पाइएको उल्लेख गर्दै उनीहरूलाई पनि विद्यालय ल्याउन दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार