२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा वातावरण दिवस मनाउन जापानिजको लर्को


३८३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २३, बुधबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालिका र लवग्रीन नेपालको संयुक्त आयोजनामा भएको विश्व वातावरण दिवस मनाउन जापान देखी पाहुनाको लर्को लागेको छ । पाँचखाललाई विगत २७ बर्षदेखी जापानिजहरुले बिकास निर्माण साथै वातावरणको क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।

    विश्व वातावरण दिवस २०१८ को उपलक्ष्यमा पाँचखाल नगारपालिका, लवग्रीन नेपाल र दुघ्देश्वर मन्दिर व्वस्थापन समितिको साझेरीमा पाँचखाल नगारपालिका वडा नं. ३ स्थित दुघ्देश्वर मन्दिरमा परिसरमा बृक्षरोपण गरेरे वातावरण दिवस मनाएको थियो । “प्लास्टिक प्रदुषण निर्मुल पारौं; सके पुनः प्रयोग नसके बहिस्कार गरौं” भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरेको थियो ।

    कार्यक्रममा पाँचखाल नगरकापालिकाका प्रमुख महेश खरेल, उप—प्रमुख लक्ष्मी दनुवार, वडा नं. २, ३, ४, ५, ७ र ८ का वडाध्यक्षहरु, नगरका कर्मचारीहरु, लगव्रीन नेपालका उपाध्यक्ष, राजिवरत्न शाक्य, महासचिव अमिरा दली, कार्यक्रम अधिकृत, कर्मचारीहरु, स्वंयसेवी शिक्षिकाहरु, जापानबाट बृक्षरोपण कार्यक्रममा सहभागी हुन आएका पाहुनाहरुको उपस्थिति रहेको थियो । स्थानीय कृषक तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

    कार्यक्रममा नगर प्रमुख महेश खरेलले लवग्रीन नेपालले पाँचखाल उपत्यकालाई हरियाली बनाउन ठूलो योगदान गरि रहेको र यि बिरुवाहरुलाई जोगाउने कर्तव्य हाम्रो भएको बताउदै जापनबाट आउने बृक्षरोपण गर्न आउने पाहुनाहरुलाई धन्यबाद दिनु भयो । त्यसै गरी लवग्रीन नेपालका महासचिव अमिरा दली र वडा नं. ३ का अध्यक्ष सुन्दर अधिकारी पनि छोटो मन्तव्य दिनु भएको थियो । यस अवसरमा गिन्को बाईलोवा २ बोट रुद्राक्ष ५ बोट, कपुर १० बोट, श्रीखण्ठ ५ बोट, धुपि ५० बोट, कल्की १० बोट, चाँप २४ बोट, तेज पत्ता १० बोट, कफी २० बोट र बेल २ बोट गरी जम्मा १३८ बोट बिरुवा रोपिएको छ । विरुवा हुर्काउने जिम्मा मन्दिर व्यवस्थापन समितिले लिएको छ ।

    विस्व वातावरण दिवसको अघिल्लो दिन पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई र लव ग्रीन नेपालका कार्यक्रम अधिकृत नारायनप्रसाद ज्ञवालीको समेतको नेतृत्वमा प्रभात फेरी कार्यक्रमको आयोजना गरी बजार परिक्रमा गरेको थियो । कार्यक्रममा प्रशासकिय अधिकृत चापागाईले पाँचखाललाई सफा साथै स्वच्च राख्नको लागि नगरपालिका अगाडि बढेको वताउनु भयो । पाँचखाल कृषि नगर भएकोले स्वच्छ वातावरणको साथै बिषादि न्युनिकरण गर्दे जाने बताउनु भयो ।

    कार्यक्रममा लव ग्रीन नेपालका कार्यक्रम अधिकृत ज्ञवालीले विगत २७ बर्ष देखी लव ग्रीन नेपालले वातावरणको क्षेत्रमा कार्य गर्दै आएको बताउनु भयो । वातावरणलाई स्वच्छ राखनको लागि बिगतमा बृक्षा रोपन कार्यलाई प्रथमिकता दिदै बिकास निर्माणको कार्यमा समेत सहभागि हुंदै आएको वताउनु भयो । पाँचखालमा उत्पादन हुने तरकारीमा बिषादि न्युनिकरण कार्यको लागि आइ.पि.एम प्रबिधिलाई अगाडी बढाएको बताउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार