२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कृषकको घरघरमा निशुल्क पशु स्वास्थ्य सेवा


२३४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २३, बुधबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-पाँचखाललाई आफ्नो प्रमुल कार्य क्षेत्रको रुपमा राखेर कार्य गर्दै आएको लवग्रीन नेपालले कृषको हितको लागि थप नयाँ कार्य थालेको छ । कृषि नगरको रुपमा अगाडी बढेको नगरमा वातावरण सुधारको साथै कृषकहरुलाई आत्म निर्भरको लागि साथ दिएको छ ।

    ताजा तरकारीको लागी उर्बरा भूमिको रुपमा रहेको पाँचखालमा लवग्रीनले आइ.पि.एम तरीकाबाट खेती गराउने कार्यमा अग्रसरता देखाउदै आएको छ । ६ महिना अगाडीबाट कार्य सुरु गर्दै आएको संस्थाले ११ स्थानमा कृषक पाठशाला संचालन गरी तरकारी खेती गराउंदै आएको छ । आइ.पि.एम तरिकाबाट गरेको खेती पुर्ण रुपमा सफल भएपछि कृषकहरु हर्सित भएका छन् ।

    वातावरण मैत्री परियोजना दिगो कृषि विकास परियोजना अन्तर्गत संचालित आई.पि.एम.पाठशलामा सहभागी कृषहरुका घरघरमा गई पशु स्वस्थ्य सेवा प्रदान गरेको छ । यस सेवा अन्तर्गत कृषकहरुलाई गोठ तथा गोठेमल सुधार, पशुमुत्र संरक्षण प्रयोग, पशु आहारा व्यवस्थापन, विभिन्न रोगहरुका बारेमा जानकारी दिइएको छ । पशु स्वस्थ्य सेवाको लागि आवस्यक पर्ने सम्पुर्ण खर्च लवग्रीन नेपालले आफ्नो तर्फबाट व्योहोर्दै रोगी अवस्थामा रहेका पशुहरुलाई आन्तरिक तथा वाह्य परजिवीका औषधीहरु जस्तोः नाम्लेजुकाको औषधि खुवाउने, सूई लगाउने, आवश्यक लिभरटोनिक, भिटामिन बि–कम्प्लेस्स खसि पार्ने तथा आकस्मिक उपचार जस्ता कार्यहरु निःशुक्ल प्रदान गरेको छ ।

    आई.पि.एम.पाठशलामा सहभागी कृषहरुले कृषि तथा पशु व्यवसायलाई दिगो कृषि अवधारणा अनुसार सधनरुपले सुधार गरी एकीकृत रुपमा सगै लगि उत्पादकत्व र उत्पादनमा वृद्धि गराउने उद्देस्यले कार्य गरेको जानकारी प्राप्त भएको छ । यसरी कार्य गर्दा मनग्य रासायनिक विषादी, रासायनिक मल को प्रयोगमा न्यूनीकरण गर्न सकिने परियोजनामा संलग्न कार्यक्रम प्रमुख नारायण प्रसाद ज्ञवालीको भनाई रहेको छ ।

    पशु स्वस्थ्य सेवा प्रदान कार्य अन्तर्गत भेटवालवेसि बालुवा, शेरा, रानीपानी, श्रीरामपाटि, नयाँगाउ, काफ्लेटोल, होक्से, अनैकोट, तिनकुने र ढुंगानावेसिका गरी ३ सय ४४ घर धुरीलाई सेवा दिईएको छ । यसका कार्यका लागि दुई जना पशु स्वास्थ्य प्राविधिकहरु जनार्दन खतिवडा र भोजराज पन्तले घरघरमा पुगेर सेवा प्रदान गरी रअनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार