२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

प्रचण्डको घरबेटीलाइ कारबाही


२१६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २३, बुधबार मा प्रकाशित ५ साल अघि
  • ऋतु श्रीवास्तब
    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरवेटी कारबाहीमा पर्ने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो ।

    प्रचण्डको घरवेटी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा नगरेको बिषयमा व्यापक कुरा उठेको थियो । पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भन्नुभयो प्रचण्डको घरवेटी हुंदैमा समयमा काम पूरा नगर्ने ठेकदारलाई कारबाही नहुने भन्ने हुदैन । कानुन अनुसारको कार्य नगर्ने जो सुकै भएपनि कारवाही गरेरै छाड्छौं ।

    कानुन नमान्ने र राज्यलाई धोका दिने सांसद वा ठूला नेता जो सुकै भएपनि कारवाही गरेरै छाड्छौं । प्रचण्डको घरधनीले नै समयमा काम पूरा नगरेको उदाहरण दिँदै कारबाही गर्नुहुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा गृह मन्त्री थापाले भन्नुभयो कानुन मान्दैन, राज्यलाई धोका दिन्छ भने त्यस्ता व्यक्ती जो सुकै भएपनि कारबाही गर्ने ठोकुवा गर्नु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार