सम्झना मैनाली
बुटवल । नेपालम रहेका जग्गाहरु दलालको कब्जामा परेकोले ध्वस्त भएको छ । जसका कारण श्रम गरेर खाने श्रमजिवि बर्गले खेति गर्न पाएका छैनन् । दलालले गर्दा उर्बरा भुमिहरु बाँझोमा परिणत भएकोले कृषि उपज उत्पादन हुन सकेन ।
उक्त भनाई कृषिमन्त्री चक्रपाणि खनालले आज बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा बताउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि खनालले थप्नुभयो कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन लागेको बताउनु भयो । भूमिसम्बन्धी नीति, ऐन भुउपयोग नीतिलगायतका कानुनहरु बनाएर कृषियोग्य भूमि बचाउने तयारी गरेको बताउनु भयो ।
‘मैले जग्गाको २५ प्रकारको वर्गीकरण गरेको छु, नीतिबाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ’ मन्त्री खनालले भननुभयो । कृषि योग्य जमिनको लागि हरियो लालपूर्जा बनेको बताउँदै यस्तो लालपूर्जाको आधारमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहुलियतको व्यवस्था गर्ने बताउनु भयो । अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले देशभर रहेका १ लाख २१ हजार मोहीको संख्या समेत घटाउने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस