२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सरकारी मापदण्ड नपुगेका उद्योग बन्द काभ्रेमा २२ क्रसर १९ ढुंगा उद्योग समस्यामा


३२३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २३, बुधबार मा प्रकाशित ५ साल अघि
  • बनेपा । काभे्रमा संचालन हुदै आएको मापदण्ड नपुगेको क्रसर उद्योगहरु बनद हुने भएको छ । उद्योगहरु बन्द भएपछि निमार्ण सामग्री रोडा, ढुङ्गा, गिटी र बालुवा हाहाकार हुने भएको छ ।

    ०७२ सालमै हाल संचालनमा रहेका उद्योगहरुको मापदण्ड नपुगेको भन्दै बन्द गने बिषयमा मन्त्रिपरिषद्को निर्णय भएको थियो । तर महांभुकम्पको कारण केही समयको लागि संचालनको लागि दिएको क्रसर अव बन्द हुने भएको छ ।
    मापदण्ड मन्त्री परिषदको निर्णयलाई मध्यनजर राख्दै माप दन्ड नपुगेका क्रसर उद्योगहरुले मापदन्ड पुर्याउने तर्फ कुनै ध्यान नदिदा समस्या आएको हो । केही समयको लागि संचालन गर्न दिने र सन्चालनको अवधिमा मापदन्ड पुरा गरे सञ्चालनमा कुनै बाधा नपुर्याउने निर्णय भएको थियो । पछिल्लो समयमा आएको नयाँ मापदण्डको आधारमा प्रकृया नपुगेकोले क्रसर उद्योगहरुको नविकरण भएको छैन ।

    जिल्लामा रहेका २२ वटा क्रसर उद्योग र १९ वटा ढुङ्गा खानीहरु रहेका छन् । ढुङ्गा खानीहरु जिल्ला समन्वय समिति काभे्रले नविकरण गरेपनि क्रसर उद्योगहरु घरेलु उद्योग विभागले सरकारी मापदण्ड नपुगेको भन्दै नविकरण गरेको छैन् । सरकारी मापदण्ड अनुसार दर्ता भएर मापदण्ड नपुगेका साथै नविकरण नभएका ढुङ्गा खानी तथा क्रसर उद्योगहरु प्रहरीले संघीय प्रहरी कार्यालयको निर्देशन अनुसार बन्द गरेको छ ।

    सोमबार जिल्ला प्रहरी कार्यालयले एक विज्ञप्ती निकाल्दै जिल्लामा सबै ढुङ्गा खानी तथा क्रसर उद्योगहरुको मापदण्ड अपुग भएकाले बन्द गर्न आग्रह गरेको छ । ‘प्रहरी ऐन २०१२ को परिच्छेद ४ दफा १७ को उपदफा (३) अनुसार सार्वजनिक सम्पत्तिमा आफ्ना सामुन्ने नोक्सानी हुन लागेको देखेमा प्रहरी कर्मचारी आफै अग्रसर भएर नोक्सानी रोक्नु भन्ने अधिकार दिएको छ, हामी सरकारी निर्देशन र कानुन अनुसार अगाडी बढ्न लागेका हौ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले भने,। ‘अब सरकारबाट थप निर्देशन नआएसम्म सबै बन्द हुन्छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार