२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

बेथानचोकमा दन्त शिविर


३७२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २६, शनिबार मा प्रकाशित ५ साल अघि
  • बेथानचोक । बेथानचोक गाउँपालिका तथा आसपासका दाँत सम्बन्धी समस्या भएकाहरुका लागि एक ४ दिने दन्त शिविरको आयोजना गरिएको छ ।

    जेठ २४ देखि २७ गते सम्म सम्म बेथानचोक गाउँपालिका वडा नं २ को ढुंर्खक स्वास्थ्य चौकीमा संचालन हुने शिविर बेथानचोक गाउँपालिकाको आयोजनामा संचालन हुन लागेको हो । शिविर संचालनका लागि भोलन्टियर फर लाइफ रोमानिया र कोल्डफिट एडभेन्चर नेपालको प्राविधिक सहयोग रहेको छ ।

    शिविरमा विरामीहरुको दन्त परिक्षण,दाँत सफा गर्ने दाँत निकाल्ने, र दाँत भर्ने कार्य हुने आयोजकले जनाएको छ । साथै शिविर उद्घाटनको अवसरमा सहयोगी संस्थाले ढुंखर्क स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने दन्त उपचारका लागि प्रयोग हुने उपकरणहरु हस्तान्तरण गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार