२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सशस्त्र प्रहरीलाई १० वर्ष जेल


३३९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २६, शनिबार मा प्रकाशित ६ साल अघि
  • कपिलवस्तु । जवर जस्ति करनिको अभियोगमा सशस्त्र प्रहरी जवानलार्य जेल चलान गरेको छ । रक्षक नै भक्षक भई बोल्न नसक्ने महिलामाथी गरेको दुव्यवहारलाई मध्य नजर राख्दै अदालतले जेल चलान गरेको छ ।

    जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय तोकेको हो । भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले करणी गरेका थिए । शिवराज नगरपालिका १० स्थित गणको पश्चिपट्टिको गेटनिर ७ः३० बजेतिर ती महिलालाई करणी गरेका थिए । तत्कालीन अवस्थामा सशस्त्र प्रहरी बल चन्द्रौठटामा कार्यरत अवस्थीबाट पीडित महिलालाई एक लाख क्षतिपूर्ति भराउनेसमेत अदालतको फैसला छ ।

    अदालतले मुलुकी ऐन जबर्जस्ती करणी ३ (५) अनुसार पाँच वर्ष कैद तोकिएको छ । सोही महलको ३ (क) अनुसार शारीरिकरुपमा अस्वास्थ देखिएकोका महिलालाई करणी गरेकोमा थप पाँच वर्ष गरी १० बर्ष कैद सजाय गरिएको जानकारी प्राप्त भएको छ । सो मुद्दाका अर्का अभियुक्त प्रहरी राजु थारुलाई तीन वर्ष कैद तोकिएको छ । थारुले करणीमा अवस्थीलाई मद्दत गरेको थियो । पीडित महिलाले औलाको इसाराले अवस्थी र थारुतर्फ इसारा गरेकी थिइन् । घटनाको विरोधमा स्थानीयवासी आन्दोलित भएपछि अवस्थीलाई प्रहरीमा बुझाइएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार