२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौतीमा स्वास्थ्य शिविर सँगै खुल्ला रक्तदान


२४४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २६, शनिबार मा प्रकाशित ६ साल अघि
  • पनौती । पनौती आसपासका सर्वसाधरणलाई लक्षित गरि ज्ञान विकास पुस्तकालय पनौतीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    विश्राम समाज, विश्राम महिला समाज,रिदम न्यूरो साइक्रियाटिक हस्पिटल एण्ट रिर्सच सेन्टरको आयोजना ज्ञान विकास सामुदायीक पुस्तकालय को सहआयोजना र बनेपा ब्लड बैकको प्राविधिक सहयोग ,रोशी साकोसको सहयोगमा शिविर संचालन भएको थियो ।

    शिविरमा नशारोग, तथा मानसिक रोग सम्बन्धी रोगहरुको परीक्षण गरिनुका साथै यी समस्याका विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले जनचेतनात्मक कार्यक्रम पनि संचालन गरिएको थियो । शिविरबाट १ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए । डा. रितेश थापा (डाइरेक्टर रिदम न्युरो साइक्रियाटिक हस्पिटल ,डा. प्रभाकर पोखरेल, डा.राजेन्द्र ताम्राकार लगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

    त्यसै गरी शनिवार नै रजत जयन्तीको अवसरका रोशी साकोसको अयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका आयोजकले जनाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार