२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अपहरीत बालकको गोली हानी हत्या


२७५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २८, सोमबार मा प्रकाशित ६ साल अघि
  • ऋतु श्रीवास्तव
    रौतहटको कटहरीया नगरपालिका ९ बाट गत शनिवार राति अपहरणमा परेका १३ वर्षीय बालक युवराज साहको गोली हानी हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

    कटहरीया ९ डुमरिया टोलका चिकित्सक दिलिप साहको छोरा युवराज शनिवार राति घरमा सुतिरहेकै अवस्थामा हराएका थिए । परिवारका सदस्यहरुसँगै सुतेका युवराजलाई अज्ञात समूहले ओछयानबाटै लगेका थिए । कटहरीया नगरपालिकाभन्दा १५ किलोमिटर टाढा गढीमाई नगरपालिका ५ को बाग्मती नदी किनारमा आज बिहान बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
    बालक अपरहणमा परेपछि अपहरणकारीले बालकका बाबु दिलिप साहको मोबाइलमा फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए । अपहरणकारीले १ करोड रुपैयाँ मागेको भोलिपल्ट नै बालकको शव परेको हो ।

    बालक हराएको खबर पाएलगत्तै खोजतलासमा जुटेको प्रहरीले सोमबार बिहान युवराजको शव फेला पारेको थियो । बालकको कन्चटमा एक गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ ।

    घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वृन्दावन नगरपालिकाका विनोद कुमार पटेल, रवी कुमार पटेल, कटहरीया ९ डुमरियाका प्रविण राय यादव, शक्ति राय यादव र सुनिल कुमार यादव रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार