२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

जनप्रतीनिधि लाई तलव निर्धारण


२७२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २८, सोमबार मा प्रकाशित ५ साल अघि
  • स्थानिय तहको निर्वाचन सम्पन्न भएको १३ पछि तलव तथा भत्ता निर्धारण भएको छ । प्रदेशसभाको जेठ १६ गते बसेको बैठकले पारित गरेको बिधेयक अनुसार प्रदेश ५ अन्र्तगतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्वन्धि बिधेयक प्रमाणिकरण भएको छ ।

    प्रदेश नम्बर पाँचका प्रमुख उमाकान्त झाले आज (सोमबार) उक्त बिधेयक प्रमाणीकरण गरेका हुन् । नेपालको संबिधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख झाबाट बिधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखबाट बिधेयक प्रमाणीकरण भएपछी स्थानीय तहका जनप्रतिनिधिहरुलाई भत्ता खाने बाटो बिधिबत खुलेको छ ।

    बिधेयकमा जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलव भत्ता ४१ हजार रुपैयाँ, उपप्रमुखको ३६ हजार रुपैयाँ र सदस्यको १६ हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुखको ४० हजार रुपैयाँ, उपप्रमुखको ३५ हजार रुपैयाँ, वडाअध्यक्षको २६ हजार, कार्यपालिका सदस्यको १५ हजार रुपैयाँ र वडा सदस्यको ९ हजार रुपैयाँ छ ।

    त्यस्तै नगरपालिकाको प्रमुखको मासिक ३५ हजार, उपप्रमुखको ३० हजार रुपैयाँ, वडा अध्यक्षको २५ हजार रुपैयाँ, कार्यपालिका सदस्यको १३ हजार रुपैयाँ, सदस्यको ८ हजार रुपैयाँ र गाउँपालिकाका अध्यक्षको मासिक ३० हजार रुपैयाँ, उपाध्यक्षको २७ हजार रुपैयाँ, वडा अध्यक्षको २० हजार रुपैयाँ, कार्यपालिका सदस्यको १२ हजार रुपैया र सदस्यको ७ हजार रुपैयाँ छ । मासिक तलव भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता समेत पाउने भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार