२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विप्लब द्वारा रामेछापमा ९९ रोपनी कब्जा


२४०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • रामेछाप। नेपाल कम्युनिस्ट पार्टीले रामेछापमा ९९ रोपनी जग्गा कब्जा गरेको छ । ‘जिल्ला जनपरिषद् रामेछाप’को नामबाट जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको हो ।

    नेकपाले ‘नेकपा (माओवादी)’ नामको ब्यानर टाँगेर जग्गा कब्जा गरेको घोषणा गरेको छ । दोरम्बा गाउँपालिका–२ का चण्डिलाल तामाङ, खाँडादेवी गाउँपालिका–१ का मानबहादुर तामाङ, सिंहबहादुर लामा, गणेशबहादुर तामाङ, खाँडादेवी गाउँपालिका–२ का तेजबहादुर तामाङ र रोजबहादुर तामाङको जग्गा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कब्जा गरेको हो ।

    २०३९ सालमा जग्गा नापीका क्रममा मालपोतका कर्मचारीलाई घुस खुवाई सर्वसाधारणको जग्गा हडपेको आरोपमा नेकपाले जग्गा कब्जा गरेको हो । जग्गामा नेकपाको झण्डा गाडेर कब्जा गरेको बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार