२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तेमालमा नृत्य प्रतियोगिता


२५२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३०, बुधबार मा प्रकाशित ६ साल अघि
  • तेमाल-तेमालमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भयो । तेमाल गाउपालिका वडा नं. २ मा रहेका विद्यालय समेटेर तेमाल २ सस्र्युंखर्कमा प्रा.वि.स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।

    कलाकार, निर्देशक, नाट्यकर्मी महासंघ काभ्रे र राष्ट्रिय संगीतकर्मी संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न नृत्य प्रतियोगितामा बाल कल्याण आधारभूत विद्यालय प्रथम भई उपाधी उचाल्न सफल भएको थियो भने क्रमशः दोस्रो, तेस्रो सर्वोद्दार मा.वि. र जन अद्दार आधारभूत विद्यालय हुन सफल भए ।

    तेमाल गाउँपालिकाको आर्थिक सहयोग तथा बाल कल्याण आधारभूत विद्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कलाकार, निर्देशक अमरकृष्ण चन्दले विद्यार्थी भनेका भोलिका देशका मेरुदण्ड भएकोले विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र नभई अतिरिक्त कृयाकलाप पनि आवश्यक भएको बताए । उनले विद्यार्थीहरुलाई कितावी ज्ञानसँगै मौलिक कला संस्कृति, रहनसहन, भाषा, भेषभुषाको ज्ञान समेत दिन आवश्यक भएको ले नृत्य प्रतियोगिता विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि उपयोगी हुने बताए ।
    यस्तै सर्वोद्दार मा.वि.का प्रअ बीरनन्द लामा, विद्यालय व्यवस्थापन समितिका सदस्य जगत तामाङ लगायतले विद्यार्थीहरुका लागि यस किसिमका कार्यक्रमले विद्यार्थीहरुलाई क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताएका थिए भने आयोजक बालकल्याण विद्यालयका प्रअ कुमारसिं लामाले कार्यक्रमको उद्देश्य र उपादेयता बारे प्रष्ट पारेका थिए ।

    विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रंजित तामाङको सभापतित्वमा सम्पन्न तेमाल गाउँपालिका वडा नं. २ स्तरिय नृत्य तथा खेलकुद प्रतियोगिताका विजयी समूह तथा विद्यार्थीहरुलाई प्रमुख अतिथि चन्द, शिअसंघका अध्यक्ष तामाङले पुरस्कार तथा पदक वितरण गरेका थिए । कार्यक्रममा नृत्य प्रतियोगिताको निर्णयकको भूमिका प्रमुख अतिथि चन्द र मोडल तथा नृत्य निर्देशक संघ काभ्रेका सह सचिव धनराज थापा मगरले निभाएका थिए कार्यक्रम संचालन शिक्षिका मिन्दु लामाले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार