२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

मन्थलीका स्थानीय डोको बोकेर उत्रीय जुलुसमा


२३५५ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २, शनिबार मा प्रकाशित ५ साल अघि
  • रामेछाप । रामेछापका उद्योगी व्यवसायी र स्थानीयहरुले आज (शनिबार) सदरमुकाम मन्थलीमा डोको नाम्लोसहित जुलुसमा उत्रिएर वि.पि राजमार्ग संचालनमा लगाएको रोकको बिरोध गरेका छन् ।

    बीपी राजमार्गमा १० टनभन्दा हभी साधन साधन सञ्चालनमा रोक लागएको विरोधमा उनीहरुले ढाकर जुलुस निकालेका हुन् । रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा निकालिएको जुलसमा स्थानीयबासी पनि सहभागी थिएका थिए । सिन्धुली प्रशासनले दोलखा प्रशासनसँग मिलेर रामेछापबासीलाई ढाकरमा भारी बोक्न वाध्य पारेकोले ढाकर जुलुश निकाल्नु परेको उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष केशव घिमिरेले बताए ।

    बीपी राजमार्गमा १० टन माथिका मालवाहक र १८ सिट माथिका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । भौतिक पूर्वाधार मन्त्रालयले खुला गरेपनि सर्वोच्च अन्तरिम आदेशबाट रोकेको छ । यसको विरोधमा रामेछापका व्यवसायी र उपभोक्ताहरु आन्दालनरत छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार