नवराज सापकोटा
बेथानचोक । नेपाल जेसिजको विस्तारको क्रममा बेथानचोमा मुक्तिनाथ तिमल्सिनाको अध्यक्षतामा प्रस्तावित कार्यकारिणी समिति गठन गरिएको छ ।
संस्थाको नियम अनुसार भकुण्डे बेसी जेसिसको मातृत्वमा उक्त जेसिज गठन गरिएको हो । जेसिज गठनको क्रममा भकुण्डे जेसिजका अध्यक्ष रुकमणि सिग्देलको उपस्थिति रहेको थियो । गठित समितिको महासचिव राजदेव तामाङ, कोषध्यक्ष डिगमान तामाङ कानुनी सल्लाहकार राजेश तिमल्सिना, कार्यकारिणी उपाध्यक्ष बलराम बजगाई उपाध्यक्षहरु कमल नेपाल, गोविन्द तिमल्सिना,प्रदिप आचार्य, ज्ञान बहादुर तामाङ तथा तालिम संयोजक रोशन तिमल्सिना लगायत रहेका छन् ।
उक्त कार्यक्रम वडा नं २ का वडा अध्यक्ष भगवान घिमिरेको सभापतित्वमा भएको थियो । कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष दिल बहादुर श्रेष्ठ, पार्वती माविका प्रअ गोविन्द प्रसाद शर्मा, लगायतका स्थानीयको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पदम नारायण तिमल्सिनाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस