२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रामेछापको मन्थलीमा अर्धनग्न जुलुस


२७९७ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ ४, सोमबार मा प्रकाशित ६ साल अघि
  • रामेछाप । बीपी राजमार्गमा मालवाहक ठूला गाडी चल्न दिनुपर्ने माग गर्दै सोमबार रामेछाप सदरमुकाम मन्थलीका ब्यवसायीले अर्धनग्न जुलुस निकालेका छन् ।

    बिपी राजमार्गको सिन्धुली खुर्कोट सडकमा ठूला सवारी साधान चलाउन पाउनुपर्ने माग सुनुवाई नभएको विरोधमा उनीहरुले अर्धनग्न अवस्थामा जुलुस निकालेका हुन् । सरकार आफुहरुको आन्दोलन प्रति गम्भीर नभएको भन्दै सशक्त आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । सिन्धुली प्रशासनले तराईबाट आएका ठूला मालवाहक गाडी सिन्धुलीमाडीमै रोकेर राखेपछि रामेछापमा सामान ढुवानी प्रभावित भएको छ ।

    रामेछापका जनतालाई ठूलो सास्ती हुँदा पनि राज्य बेखबर रहेको व्यवसायीहरुको आरोप छ । आन्दोलनपछि देवकोटा चोकमा भएको कार्यक्रममा बोल्दै रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काले ढुवानी समस्याका कारण रामेछापका जनताले उपभोग्य सामान किन्नै नसक्ने गरी महंगिदा पनि सरकार रमिते बनेको आरोप लगाए । उनले माग पूरा नभएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार