२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राजधानीको लागि संसदिय टोली काभे्रमा


२७९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ ७, बिहिबार मा प्रकाशित ६ साल अघि
  • आर.एल.श्रेष्ठ

    धुलिखेल- प्रदेश ३ को अस्थायी राजधानी काभे्रमा उपयुक्त छ या छैन भनि अध्ययनको लागि संसदीय समितिले जिल्लामा सम्भाव्यता अध्ययन गरेको छ । काभे्रमा राजधानी वनाउनको लागि उपयुक्त भन्ने बिषयमा बहस भएपछि अध्ययनको लागि टोलि काभे्र आएको हो ।

    संसदीय समितिका संयोजक दीपक निरौला नेतृत्वमा आएको टोलिले जिल्लाको बस्तुस्थितिको अध्ययन गर्दै सकारात्मक शंकेत दिएको छ । काभे्रमा राजधानी राख्न उपयुक्त भनिएकोे सूचना प्रविधि पार्क, तथा भूमि ब्यवस्थापन केन्द्र, शैक्षिक तालिम केन्द्र खाली रहेका सरकारी कार्यालयहरुका भवन र त्यसले चर्चेको जमिनहरुको मसिनो ढंगबाट अवलोकन गरेको थियो ।

    अध्ययनका लागि आएका टोलिले राजधानिको लागि संसदमा निवेदन दर्ता भएका सवै जिल्लाहरुमा अवलोकन गर्ने जानकारी प्राप्त भएको छ । अवलोकनको क्रममा सवभन्दा उपयुक्त स्थानको पहिचान गरी राजधानिको लागि सिफारीस गर्ने जानकारी प्राप्त भएको छ । निवेदन परेका जिल्लाहरुको अनुगमन सकेपछि असार ११ भित्रै प्रदेश सरकारमा प्रतिवेदन बुझाउने जानकारी प्राप्त भएको छ ।

    अनुगमन टोलिसंग भएको अन्तक्र्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले राजधानीका लागि आवश्यक सम्पुर्ण पूर्वाधारबाट सम्पन्न रहेको बताए । जिल्लामा प्रस्ताव गरिएको आईटी पार्कमा १४ परिवारलाई आवास सहित दुईवटा मुख्य भवन, ५ सय रोपनी जमिन रहेको छ । उक्त क्षेत्रमा स्थायी रुपमा प्रदेश तहको राजधानी बनाउने गरी संरचना निर्माण गर्न सहज हुने छ । प्रदेश प्रमुखको कार्यकक्ष, कार्यालय, मुख्य मन्त्रीको कार्यालय, कार्यकक्ष, मन्त्रालयहरु र मन्त्री क्वाटर तथा संसदीय समितिहरुको बैठकका लागि आवश्यक पर्ने पुर्वाधारहरु काभ्रेपलाञ्चोक जिल्लामा रहेका बिषयमा संयोजक केसीले जानकारी गराएका थिए ।

    कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले ३ नं प्रदेशको राजधानीको लागि काभे्र हर कुराले सहज रहेको बताए । जिल्लाको सम्पुर्ण बस्तुस्थितिको बारेमा जानकारी गराउंदै मेयर व्याञ्जुले ३ नं प्रदेशको राजधानीको लागि काभे्र जिल्ला बाहेक अरु जिल्ला उपयुक्त नरहेको कारण सहितको जानकारी संसदीय समिति टोलिलाई जानकारी गराएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार