२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुधमा भेटियो मानवको लागि हानिकारक जिवाणु


४२९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-मानव स्वस्थ्यको लागि आवस्यक तत्व पुर्तीको लागि खाने दुधमा अखाद्ये हानिकारक तत्व फेला परेको छ । काभे्र भक्तपुर लगायतको स्थानमा संकलन गरी बिभिन्न ब्राण्डमा पाउच बनाएर बजारमा बिक्रि बितरण गर्दै आएको दुधमा उक्त हानिकारक तत्व फेला परेको हो ।

    राजधानीमा रहेका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्डमा परिक्षण गर्दा दुधमा मानव स्वास्थ्यलाई हानि पु¥याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको जानकारी प्राप्त भएको छ । दुधमा उक्त घातक शुक्ष्म जिवाणु फेला परेपछि उपभोक्ताहरु चिन्तित भएका छन् ।

    कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमो संकलन गरेको ४२ ब्राण्डको दूधका नमूनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको जानकारी प्राप्त भएको छ । बबरमहलस्थित खाद्य तथा प्रविधिमातहतको केन्द्रीय प्रयोगशालाका अनुसार अन्तराष्ट्रिय स्तरको खाद्य सुरक्षा व्यवस्थापन प्रणालीमा आधारित आईएसओ प्रमाणीकरण गरिएको सरकार स्वामित्वको दुग्ध विकास संस्थानसहित २३ वटा निजी तथा सामुदायिक डेरीको दूधमा कोलिफर्म फेला परेको थियो ।
    दुधको परिक्षण पस्चात मन्त्रालयद्वारा जारी गरेको बिज्ञप्ति अनुसार, आधुनिक डेरी बालाजु, गल्फु विनायक डेरी काभ्रे, आकृति दुग्ध तथा कृषि बालकोट, जयश्री डेरी काभ्रे, भक्तपुर डेरी, भक्तपुर, चौधरी डेलिसियस मिल्क एण्ड वेभरेज, हिमालयन डेरी लगनखेल, दुग्ध विकास संस्थानका दूधमा कोलिफम जीवाणु पाइएको हो ।

    त्यसैगरी जगदम्बा डेरी भक्तपुर, एचडी मिल्क एण्ड वेभरेज, कालिका डेरी भक्तपुर, कान्तिपुर फ्रेस मिल्क, नवप्रभात डेरी गोदावरी, नेपाल डेरी धापाखेल, कन्ट्री फुड प्रालि भक्तपुर, राजधानी डेरी काठमाडौं, सुजल डेरी थानकोट, सञ्जीवनी डाइटी उद्योग भक्तपुर, शिवम् डेरी भक्तपुर, सीताराम डेरी कीर्तिपुर, हिमालयन डेरी प्रोडक्ट लगनखेल, तुलसा डेरी प्रालि काठमाडौं र संयुक्त डेरी पाटनको लगायत प्रशोधित दूधमा पनि कोलिफर्म फेला परेको छ । यस्ता बाण्डका दुध सेवन गर्दा मानव स्वस्थ्यमा खतरा हुने भएकोले सर्व साधारण सतर्क हुनु पर्ने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार