२०८० जेष्ठ २५, बिहिबार | Thu, 08, Jun, 2023

असार १५ मा कांगे्रसको साँगामा रमझम


९१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ १७, आईतबार मा प्रकाशित ४ साल अघि
  • साँगा-असार १५ मा मनाउंदै आएको धान दिवसको अवसरमा नेपाली कांग्रेस काभे्रका नेता तथा कार्यकर्ताले साँगामा रमझमका साथ धान दिवस मनाएका छन् । नेपाली कांगे्रस काभे्रको आयोजना तथा कांग्रेस बनेपा नगर सममिति र साँस्कृतिक संघ काभ्रे साथै किसान संघ काभ्रेको सहआयोजनामा धान दिवस २०७५ सम्पन्न गरेको हो ।

    नेपाली कांग्रेसका केन्द्रीय नेता अर्जुननरसिं के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेता के.सी.ले हामीमा एकता भएर अगाडि बढे कुनै कसैले नेपाली कांग्रेसलाई पाखा लगाउन नसक्ने बताएका थिए । साथीहरुले गल्ती स्वीकार्नुस् र अहमता त्याग्नुस र पार्टी हाँक्नुस, त्यसपछिका निर्वाचनमा कांग्रेस पहिलाको स्थानमै पुग्ने नेता के.सी.ले बताए । कमजोरी केलाई इमान्दारिताका साथ आफ्ना साथीहरुलाई जिम्मेवारी दिनुस् अनि कांग्रेसमा सुधार आउँछ र हामी सुघ्रिन्छौंै पनि । सत्ता पक्षलाई लक्षित गरी नेता के.सी.ले अब देशमा सर्वसत्तावादी र हैकमवादी भएको र प्रजातन्त्रमाथि कुठाराघात भएको बताँदै झुट्टा नारा र आश्वासनले देश नचल्ने बताए ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले कांग्रेस कहिल्यै नहार्ने दुबो हो भन्दै कम्युनिष्टहरुले गरेका झुटा आश्वासन र नारालाई हामीले चिरेर काभ्रेमा कांग्रेस पहिल्यैको स्थानमा ल्याउन आफु लागिपर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा दिपकप्रसाद पौडेलद्वारा लिखित ‘नेपाल किसान संघको ऐतिहासिक पृष्ठभूमि, विचार र आन्दोलन’ नामक पुस्तक समेत नेता के.सी.ले सार्वजनिक गरेका थिए ।

    सोही अवसरमा किसान संघ काभ्रेका अध्यक्ष एवं बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, साँस्कृतिक संघका अध्यक्ष हरि कर्माचार्य, पूर्व सांसद एवं क्षेत्रीय सभापति तिर्थबहादुर लामा लगायतले मन्तव्य राखेका थिए भने सभापति मधु आचार्यको अध्यक्षतामा र सञ्चालन सचिव दिनेश लामाले गरेका थिए । सोही कार्यक्रममा साँस्कृतिक कार्यक्रमसहित धान रोपाइँ समेत सम्पन्न गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु