२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाह्रविसे नगरपालिकाको बजेट २८ करोड ९१ लाख, चार बर्ष भित्र चक्रपथ निर्माण गर्ने तयारी


२६८३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ १७, आईतबार मा प्रकाशित ६ साल अघि
  • सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले आर्थिक वर्ष ०७५, ७६ का लागि २९ करोड ९१ लाख रुपियाँको बजेट पारित गरेको छ । तेस्रो नगरसभा मार्फत संघ, प्रदेश र आन्तरिक स्रोतबाट संकलन गर्ने गरी नगरपालिकाले आगामी वर्षको लागि बजेट पारित गरेको हो ।

    पूर्वमन्त्री एवम सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सासंद अग्नि सापकोटाले उदघाटन गरेको नगरसभाले आगामी वर्षका लागि चार वटा गौरवका आयोजनाहरु अघि सारेको छ । ४ वर्ष्भित्र नगरपालिका क्षेत्रमा चक्रपथ निर्माण गरी नगर बस सञ्चालन गर्ने, नगरपालिका क्षेत्रभित्र रहेका स्थानीय सुनकोशी वनलाई पर्यटकीय पार्क बनाउने योजना नगरपालिकाले अघि सारेको छ ।

    त्यस्तै नगरपालिकाको आफ्नै स्रोतका १ मेगावाटको विद्युत उत्पादन गर्ने, अत्याधुनिक सभाहल र कर्भड हल निर्माण आगामी चार वर्ष्भित्र गरिसक्ने नगरपालिकाको नगर सभामा मेयर निमफुञ्जो शेर्पाको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिका भित्र रहेको पर्याप्त पर्यटकीय क्षेत्रलाई उपयोग गरी पर्यटकहरुलाई आकर्षित गर्ने योजनाहरु समेत अघि सारेको छ । मेयर निमफुञ्जो शेर्पाले नगरको समृद्धिका लागि खानी, पानी, हाम्रो वन ! युवा शक्ति हाम्रो धन’ भन्ने नीति अघि सारेको बताए ।

    नगरपालिकाले पहिलो प्राथमिकतामा शिक्षा राखेको छ । चार वर्ष भित्र विद्यार्थी सिकाइ उपलब्धि ६० प्रतिशतबाट ८५ प्रतिशतमा पुर्याउने, आगामी शैक्षिक सत्रदेखि नगरपालिका भित्रका विद्यालयहरुमा इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान विषय सञ्चालन गरिने नीति नगरपालिकाले लिएको उपमेयर सुशीला प्राखिनले बताइन् ।

    आगामी आर्थिक वर्ष देखि स्वदेश र विदेशमा समेत रहेका उत्कृष्ट शैक्षिक संस्थाहरुमा विद्यालयको भ्रमण गराएर त्यहाँबाट सिकेका कुरालाई आफ्नो विद्यालयमा लागु गर्ने नीति समेत नगरपालिकाले अघि सारेको छ । नगरपालिका क्षेत्र भित्र निर्माण भइरहेका जलविद्युत आयोजनाहरु र आगामी दिनमा निर्माण गरिने जलविद्युत आयोजनाहरुमा स्थानीयको अधिकार सुरक्षित गर्न नगरपालिकाले अभियान नै सुरु गर्ने नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । बाह्रविसे बजारलाई हरिन शहरको रुपमा विकास गर्ने, नगरपालिकाले आफ्नै लगानीमा स्काभेटर लगायतका उपकरण खरिद गरेर विकास निर्माणलाई तीव्रता दिने योजना पनि अघि सारेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार