२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पनौती बासिले सम्झीय प्रनानि – झा, बिकृती विसंगती र अराजकताले नगर बासी चिन्तित प्रहरी बेखवर


२६३७ पाठक संख्या

प्रल्हाद शर्मा हुमागाई पनौती-नेपाली संस्कार नै भन्नु पर्छ, अगाडी हुंदा जतिनै राम्रो काम गरेपनि त्यो

  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ १९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई
    पनौती-नेपाली संस्कार नै भन्नु पर्छ, अगाडी हुंदा जतिनै राम्रो काम गरेपनि त्यो पच्दैन । त्यसैको पछिल्लो उदाहरण बन्न पुगेका छन् प्रनानी बाबुराम झा । जसले पनौतीको जिम्मेवारी समाल्ने अवधिभर “न चोरीका घटना भए , न डकैतिका घटना घटे, न जुवातासले वस्तिलाई जर्जर बनायो ” । आज ति दिनका स्मरण गरीरहेका छन् पनौती नपा ४ का वासिन्दाहरु । जव बाबुराम झालाई पनौतीको जिम्मेवारीबाट हटाईयो त्यस दिनदेखी पनौती अराजक तर्फ अग्रसर हुदै आयो भन्छन स्थानिय बासी । अहिले पनौती चोरी, डकैती, जुवातास र मदिराको उद्गम स्थल बनेको छ । जसको प्रतिविम्ब हुन पुगेका हुन् वावुराम झा ।

    अहिले झाको कार्यकाल सम्झंदै चिया पसल दोवाटो चौवाटो चर्चामा परिणत भएको छ । पनौती बासिले त्यतिवेलाको सुरक्षा अनुभूतिका बारेमा चर्चा गर्न बाध्य पारेको अरु कसैले नभइ त्यसपछिका नेतृत्व सम्हाल्नेहरुकै कारण हो । बिर्सिएका बाबुराम झा लाई फेरी एक पटक स्मरण गर्न अरु कुनै कुरा प्रेरित छैन, छ त चोरी डकैति, जुवातास, सामाजिक कुकृति नै जड बनेको छ । यसरी समाजमा व्याप्त विकृति बिसंगतिले आज फेरी एक पटक प्रनानि झालाई सम्झिएको छ ।

    पछिल्लो समय झण्डै सयको हाराहारीमा चोरी र डकैतिका घटनाहरु घटेका छन् तर प्रहरी निरिह बनेको छ । यसले पनि नगर वासिलाई अतित कोट्याउन बाध्य पारेको हो । चोरी डकैती र जुवातासमा प्रहरीकै संलग्नता छ भन्छन् स्थानिय । हुन पनि घटना क्रमले ति कुराहरुलाई पुष्टि गरीरहेको छ ।
    सोमबार मात्रै पनौती ४ का विभिन्न स्थानमा प्रहरीले गरिएको अनुगमन (सर्च) ले पनि प्रहरीको यथार्थता प्रस्टिएको छ । राजमार्गमै खुलम्खुला ढंगबाट जुवातास खेलिरहेका जुवाडेहरुलाई नियन्त्रणमा लिई सचेत गराई छाडिएको प्रहरीको दावि भएता पनि खाले हरुको भनाईमा ठुलै मुठाले वुझो लगाएपछि प्रहरीले एक पटकको लागि भनि छाडिएको बताउंछन् । यता खालेहरु भने प्रहरीकोे नियन्त्रणमा परेर सामाजिक रुपमा वहिस्किृत हुनु र झण्डै ५० लाख गुमाउनु भन्दा १ लाखमै संकट टार्नु वुद्धिमानी सम्झेको बताउंछन् । खालेकै भनाईलाई लिने हो भने पनि पछाडि प्रहरीको व्यारेक अगाडिको राजमार्ग अनि प्रहरीकै संलग्नतामा जुवातास खेल्दै आएको स्थानियहरुको भनाई रहेको छ । सोमबार पनि एक प्रहरीले उक्त खालमा ५० हजार हारेको झोकमा प्रहरीलाई खवर गरेकोले मात्रै उक्त खालमा प्रहरीले नियन्त्रणको प्रयास गरेको स्थानिय प्रतिदर्शीहरुको भनाई रहेको छ ।

    यता चोरी र डकैतिको घटनाका वारेमा त पनैती वासि आक्रान्त भै सकेका छन् । नाटकका लागि राखिएको सिसि टिभि अराजक कृयाकलाप गर्नेहरुका लागि संजिवनि बनेको छ । त्यसैले अगाडिका घटनाहरु कोट्याउन आवस्यक छैन भन्छन् स्थानिय पिडितहरु । यति सम्म कि प्रहरी व्यारेक अगाडि ग्यारेज गरी राखीएका सवारी साधनहरुका डिसै सहितका ६ चक्का चोरी हुदापनि प्रहरी बेखवर । दुई हप्ता अगाडि ५ वटा गाडिका व्याट्रि चोरी भयो त्यसमा पनि प्रहरी वेखवर छ । त्यसैगरी एक हप्ताकै बिचमा दुई दर्जन भन्दा बढि चोरी र डकैतिका घटना घटे त्यसमा पनि प्रहरी बेखवर बनेको छ । यति सम्म कि पिडितले स्रोत उपलब्ध गराई दिंदा समेत अभियुक्तलाई प्रहरीले अनुसन्धानमा लिने चासो नदिएको पिडितको गुनासो रहेको छ । यि पछिल्ला घटना क्रमले स्थानिय वासिलाई वाध्यपा¥यो प्रनानि बाबुराम झालाई सम्झन ।

    यता धुलिखेल निवासी रामकुमार तखाछें चोरले हैरान पारेको र पटक पटक समाएर प्रहरीलाई बुझाउंदा मानब अधिकार हनन्का नाउंमा अनुसन्धान नै नगरी छोडि दिनाले धुलिखेलमा चोरको बिगबिगि भएको बताउंछन् । तखाछेंका अनुसार दुई हप्ताको अन्तरालमा चार स्थानमा चोरी भएको छ । अहिले पनि चोरीको शंकास्पद व्यक्ति समाएर प्रहरीलाई बुझाएका छौं, फेरी चोरीलाई निरुत्शाहित गर्नुको बदला अभियुक्तहरुलाई उत्साहित गर्ने काम मानव अधिकारका नाउमा भइरहेको प्रति आपत्ति व्यक्त गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार