२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सामुदायिकको वार्षिकोत्सवमा, उत्कृष्टलाई सम्मान


२६२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २४, आईतबार मा प्रकाशित ६ साल अघि
  • नवराज सापकोटा
    पनौती । २०७४ सालमा संचालित एसईई परीक्षामा जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल पनौतीको सामुदायिक माध्यमिक बोर्डिङ स्कुलले शुक्रबार एक कार्यक्रम गरी वार्षिक उत्सव तथा सम्मान कार्यक्रम आयोजना गर्यो ।

    पनौतीमा संचालित बोर्डिङ स्कुल मध्ये यस पटकको एसईई नतिजाले सामुदायिकले आफुलाई अब्बल स्थानमा उभ्याउन सफल भएको छ । विद्यालयले आयोजना गरेको कार्यक्रम पनौती नगर प्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको थियो । पानसमा बत्तिबाली प्रमुख न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका थिए । न्यौपानेले पनौती नगरकै २ विद्यालयले उत्कृष्ट अंक हासिल गर्नुले पनौती नगरको शैक्षिक गतिविधिहरु उत्कृष्ट रहेको बुझ्न सकिने बताए । जिल्लाका ३ विद्यालयहरु सामुदायिक बोर्डिङ स्कुल पनौती, भालेश्वर पनौती तथा सरस्वती शिक्षा गृह पाँचखाल बाट एसईई परीक्षामा सामेल भएका तीन विद्यार्थीहरुले उत्कृष्ट (३.९५ जि.पि.ए) प्राप्त गरेका छन् । उक्त तीन विद्यालय मध्ये २ विद्यालय सामुदायिक तथा भालेश्वर पनौती नगरपालिका वडा नं ४ र ८ मा रहेका छन् । प्रमुख न्यौपानेले नगरको शिक्षा विकासका लागि नगरपालिकाको तर्फ बाट सधै सहयोग रहने बताए ।

    कार्यक्रमका विशेष अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख डिक बहादुर राईले शैक्षिक विकासमा निजि विद्यालयले पुर्याएको योगदान सह्ररानीय भएको उल्लेख गरे । अर्का अतिथि प्यावसनका केन्द्रिय सचिव भिमसेन के.सीले विद्यालयले पाएको सफलता प्रति विद्यालयलाई बधाई दिँदै संस्थागत विद्यालयहरु शैक्षिक क्षेत्रको विकासमा निरन्तर लागि पर्ने बताए ।
    उक्त विद्यालयबाट यस वर्ष २१ जना विद्यार्थी एसईईमा सम्मलित भएकोमा १२ जनाले ३.६ भन्दा माथि अथवा ए प्लस,३ जनाले ३.६ अर्थात ए र बाकीले वि प्लस अथवा २.८ भन्दा बढि जि.पि.ए प्राप्त गरेका छन् । ए प्लस प्राप्त गर्ने मध्ये ३.९५ प्राप्त गर्ने अर्चना श्रेष्ठ जिल्लामै उत्कृष्ट हुन सफल भएकी थिइन । कार्यक्रममा श्रेष्ठलाई प्रशंसा पत्र तथा नगद पुरस्कार सहित नगर प्रमुख न्यौपानेले सम्मान गरेका थिए ।

    कार्यक्रममा एसईई परीक्षामा समेल २१ विद्यार्थीहरु मध्ये सबै भन्दा बढि १८ जना विद्यार्थीलाई विशिष्ट श्रेणि( ए प्लस)मा उर्तीण गराउन सफल अतिरिक्त गणित विषयका शिक्षक प्रविण दाहाललाई प्रशंसा पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसै गरी कार्यक्रममा १५ वर्ष भन्दा लामो समय त्यसै विद्यालयमा शिक्षण पेसामा संलग्न हुने २ जना शिक्षकहरु दिर्घसेवी सम्मान बाट सम्मानित भएका छन् । सम्मानित हुनेमा विमल कार्की तथा नारायण देवी श्रेष्ठ रहेका छन् । कार्यक्रममा सम्मानित हुनेहरुलाई पनौती नगर शिक्षा शाखा प्रमुख तथा स्रोत व्यक्ति महेश्वर जंगम र विद्यालयका सल्लाहाकार तथा समाजसेवी विश्वनाथ ताम्राकारले संयुक्त रुपमा सम्मान गरेका थिए । त्यसै गरी सामुदायिक विद्यालयका पूर्व विद्यार्थी महेश्वर श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । श्रेष्ठ त्रिभुवन विश्वविद्यालय ए आई टि संकायमा विद्याभुषण प्राप्त गर्न सफल विद्यार्थी हुन । कार्यक्रममा शै.स २०७४ सालमा सबै कक्षाबाट उत्कृष्ट अंक ल्याउने तथा एक वर्ष भरी विद्यालयमा संचालित विभिन्न अतिरिक्त कृयाकलापका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यसै गरी वर्षभरी अतिरिक्त क्रियाकलाप संचालन गर्नका लागि बनाइएको सदनहरु मध्येबाट उत्कृष्ट हुन सफल रातो हाउसलाई नगद रु १० हजार सहित सम्मान गरिएको थियो ।

    ताम्राकार पार्टी भेन्युमा संचालित कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।कार्यक्रममा प्यावसन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठ, ज्ञान विकास सामुदायिक पुस्तकालयका अध्यक्ष ओम कृष्ण श्रेष्ठ, एमनेष्टि इन्टर नेशनल समूह ७२ का संयोजक सोम प्रसाद हुमागाई, तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । विद्यालयका संस्थापक प्रधानाध्यपक पूर्ण कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठले गरेका थिए । भने कार्यक्रमको संचालन शिक्षक प्रविण दाहालले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार