२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

स्मृति सम्मान ट्रफी विजयरामलाई


२५४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २४, आईतबार मा प्रकाशित ५ साल अघि
  • पनौती – एआई समुह ७२ पनौतीको तेस्रो वार्षिक साधारण सभा तथा इन्द्रेश्वर युथ नेटवर्क पनौतीको तेस्रो वार्षिक साधारण सभा एमनेष्टी इन्टरनेशनलका केन्द्रीय कोषाध्यक्ष विक्रम धुकुछुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
    सोही अवसरमा समुह ७२ पनौतीका संस्थापक संयोजक विजयराम कर्माचार्यलाई लिलाबहादुर के.सी. (बन्जारा) को स्मृतिमा सम्मान सहित ट्रफी प्रदान गरिएको थियो ।

    त्यसैगरी कृष्णदास मानवअधिकार छात्रवृत्ति पुरस्कार इन्द्रेश्वर युथ नेटवर्कका संयोजक एलिसा महतलाई, गोपिनी स्मृति पुरस्कार गीता दाहाललाई र प्रत्येक वर्ष प्रदान गरिने एमनेष्टी रनिङ्ग एवार्ड समुह ७२ का कोषाध्यक्ष जमुना पसछेंलाई प्रदान गरिएको थियो ।

    कार्यक्रममा मानवअधिकार संगठन काभ्रेका अध्यक्ष सुरेश संैजु, समुह ७२ पनौतीका संस्थापक संयोजक विजयराम कर्माचार्य, वडा नं. ८ का वडाध्यक्ष केशव बन्जारा, इन्द्रेश्वर युथ नेटवर्क संयोजक एलिसा महत लगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा युथहरुबाट चेतनामुलक नाटक मञ्चन गरिएको थियो भने सरस्वती कुञ्ज बोर्डिङ्ग स्कुल र पनौती बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको सभापतित्व समुह ७२ का संयोजक सोमप्रसाद हुमागाईंले गरेका थिए भने स्वागत मन्तव्य सहसचिव राजेशकुमार श्रेष्ठले व्यक्त गरेका थिए । सचिव प्रताप ताम्राकारले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जमुना पसछेंले वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन गीता दाहालले गरेकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार