२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बेथानचोक पूर्णखोप गाउँपालिका घोषित


२८८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २४, आईतबार मा प्रकाशित ६ साल अघि
  • बेथानचोक-काभे्र जिल्लाको दुर्गम स्थानको रुपमा परिचित बेथानचोक गाउँपालिका पूर्णखोप दिगोपना सुनिस्चितता गाउँपालिकाको रुपमा घोषणा भएको छ । शनिवार गाउंपालिकामा बृहत कार्यक्रमको आयोजना गरी पूर्णखोप युक्त गाउँपालिका घोषणा गरेको हो ।

    गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, काभ्रेका जनस्वास्थ्य अधिकृत नेत्र प्रसाद न्यौपाने, बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्य, वडाअध्यक्षहरु सोमनाथ घिमिरे, भगवान घिमिरे, दिल बहादुर श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, खजेन्ची बहादुर लामा, विष्णु तामाङ्, पार्वती मा.विका प्राध्यानाध्यापक गोविन्द प्रसाद शर्मा, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमिल्सनाले पूर्णखोप गाउँपालिका निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिँदै गाउँपालिका भित्र स्वास्थ्य सम्बन्धि विषयमा आवश्यक कार्य गदै जाने बताए । प्रमुख कार्यकारी अधिकृत टेकराज आचार्यले दक्षकर्मचारी बाट मात्र स्वास्थ्य सुविधाको सुनिस्चितता हुने भएकोले कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै स्वास्थ्य स्वयम् सेविकाहरुलाई धन्यवाद दिए ।

    बेथानचोक गाउपालिका वडा नं ५ का कार्यवाहक स्वास्थ्य प्रमुख माधव के.सीले पूर्णखोप कार्यक्रमको उद्देश्यहरु बारे प्रकाश पारेका थिए । बेथानचोका गाउँपालिका स्वास्थ्य संयोजक ललिता आर्चाय,कोइरालाले बेथानचोक गाउँपालिकामा भएका स्वास्थ्य सम्बन्धी बर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै स्वास्थ्य शाखाहरुको प्रगति विवरणका बारेमा प्रकाश पारेकी थिइन ।

    कार्यक्रमम उपस्थिति गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले पूर्ण खोपायुक्त गाउँपालिका निर्माणका लागि हस्ताक्षर गरेका थिए । विभिन्न रोग विरुद्धका खोप सबै बालबालिकाले लगाएका र भावी दिनमा कुनै बालबालिका नछुटने प्रतिबद्धता व्यक्त गरेका थिए । ६ वटा वडा रहेको गाउँपालिकामा ५ ओटा स्वास्थ्य चौकी तथा १८ ओटा खोप केन्द्र मार्फत स्थानीयले सेवा लिँदै आएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको संचालन स्वास्थ्य शाखा सह संयोजक प्रमोद तिमल्सिनाले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार