२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

क्यानको ४९ बिद्यार्थीलाई छात्रवृत्ति


२४३० पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २४, आईतबार मा प्रकाशित ६ साल अघि
  • बनेपा- सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आइरहेको प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ ४९ जना बिद्यार्थीलाई छात्रबृति प्रदान गर्ने भएको छ ।

    सात वटै प्रदेशबाट ७-७ जना बिद्यार्थीहरुलाई सूचना प्रविधिको अध्ययन अध्यापन गराई रहेको कलेजहरुसँगको सहकार्यमा गरिब, जेहेन्दार तथा आवश्यकता पहिचान भएका विद्यार्थीहरुको लागि छात्रबृत्ति प्रदान गर्न लागिएको हो । काठमाडौंको मैतीदेवीमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा देशभरबाट ४९ जना विद्याथीहरुलाई छात्रबृद्धि प्रदान गर्न लागिएको हो ।

    ‘क्यान नेशनल आईसीटी स्कलरसीप–२०७५’ नामबाट देशका सात वटै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना विद्यार्थीलाई पूर्ण छात्रबृति र ६ जना विद्यार्थीहरुलाई आशिंक छात्रबृति प्रदान गरिने छ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पु¥याउनमा छात्रवृत्ति कार्यक्रमले उल्लेखनीय मद्दत गर्नेछ । जसले गर्दा सूचना तथा स्रचार प्रविधिको विकासमा टेवा पुग्ने विश्वास क्यान महासंघले लिएको छ । क्यान नेशनल आइसीटी स्कलरसीप २०७५ सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले बनेपामा प्रदेश स्तरीय पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

    कार्यक्रममा क्यान महासघकी केन्द्रिय उपाध्यक्ष सुनैना घिमीरे, प्रदेश अध्यक्ष प्रभात श्रेष्ठ, केन्द्रिंय सदस्य शेखर दुलाल, लर्ड बुद्ध एजुकेशनका पंकज जलान, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, क्यान काभ्रेका अध्यक्ष जयराम हुमागाई, क्यानका पुर्व अध्यक्ष मनोज न्यौपाने लगायतले छात्रवृत्तिका बारेमा धारणा राखेका थिए । छात्रवृत्तिमा फिमेल मेरिट आईसीटी स्कलरसीपबाट चार जना, आईसीटी मेरिट स्कलरसिपशबाट तीनजना गरी एक प्रदेशबाट ७ जनालाई छात्रबृति प्रदान गरिनेछ । सातैवटा प्रदेशबाट कुल ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार