२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

डा. गोबिन्द केसीको पक्षमा उर्लीयो काभे्


१८८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २५, सोमबार मा प्रकाशित ५ साल अघि
  • नवराज सापकोटा

    बनेपा । बर्तमान सरकार निरंकुश भएको भन्दै डा. गोविन्द केसी तथा गंगामाया अधिकारीको जीवन रक्षाको माग गदै बिरोध ¥याली निकालेको छ ।

    नेपाली काग्रेस जिल्ला स्वास्थ्य विभाग तथा स्वास्थ्य कर्मी संघको आयोजनामा विरोध कार्यक्रम आयोजना गरेको थियो । नेपाली काँगे्रस जिल्ला पार्टी कार्यालय बनेपा गोदमचोकबाट निस्किएको बिरोध ¥याली चारदोबाटो, तीनदोवाटो हुदैँ पुन चारदोबाटोमा आएर कोणसभामा परिणत भएको थियो ।

    जिल्ला सभापति मधु आचार्य लगायतका जिल्ला तहका नेताहरु विभिन्न भातृसंगठनका नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मेडिकल शिक्षाको व्यापारीकरण बन्द गर, डा. गोविन्द केसीको माग पुरा गर, दण्डहीनता र अन्याय चाहिँदैन गंगा अधिकारीलाई मार्न पाइदैँन लगायतका प्ले कार्ड सहित नाराजुलुस गदै बनेपा बजार परिक्रममा गरिएको थियो ।

    कोण सभामा काँगे्रस स्वास्थ्य विभाग प्रमुख दिनेश भुर्तेलले स्वास्थ्यमा भएको बेथितीको अन्त्यको माग गदै जुम्लामा अनसन बस्नुभएका गोविन्द केसीको जीवन रक्षाको माग गरेका थिए भने र छोराको हत्यारालाई कारवाहीको माग गदै वर्षैा देखि अनसनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि एक्यबद्धता जनाएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार