२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मथुरेश्वर महादेब मन्दिर पुनर्निर्माण हुदै, पुरातत्वले वास्ता नगर्दा जुटे स्थानिय


२४७९ पाठक संख्या

दाप्चा । ऐतिहासिक एवं पुरातात्विक मथुरेश्वर महादेवको मन्दिर पुनर्निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ

  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • दाप्चा । ऐतिहासिक एवं पुरातात्विक मथुरेश्वर महादेवको मन्दिर पुनर्निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ । स्थानियहरुको सकृय सहयोगमा पुनर्निमाण भैरहेको उक्त मंदिर ३ सय बर्ष पुरानो मानिनछ ।

    २०७२ साल बैशाख १२ मा आएको बिनासकारी महाभुकम्पले क्षत विच्छेद पारेको जीर्ण मन्दिर निर्माणका लागि पुरातत्व विभागले कुनै वास्ता नगर्दा स्थानिय युवाहरुको सकृयतामा कार्य अगाडि बढेको हो ।

    मन्दिर पुनर्निमाण समितिका अध्यक्ष बिनोद सत्यालका अनुसार वि सं. १७११ सालमा निर्माण भएको मथुरेश्वर महादेवको मन्दिर भुकम्पले ध्वस्त भएपछि पुरातत्व बिभागसंग रकम उपलब्धको लागि माग गर्दा कुनै वास्ता नगर्दा स्थानियहरुको सकृयतामा कार्य अगाडि बढेको बताउनु भयो । मन्दिर पुनर्निमाण संगै ऐतिहासिक मथुरापाटीको समेत पुनर्निर्माण भइरहेको बताउनु भयो ।

    मन्दिर र पाटी पूरानै शैलीमा निर्माण गर्न २० लाख रुपैयाँ खर्च लाग्ने भएको छ । मन्दिर पुनर्निर्माणका लागि साविक मथुरापाटी गाविस हालको नमोवुद्ध नगरपालिका समेत स्थानियसंग सहयोग संकलन गर्दै कार्य अगाडि बढेको छ । मन्दिर पुनर्निमाण गर्न नमोबुद्ध नगरपालिकाद्धारा ४ चार लाख रकम विनियोजन गरेको र बाँकी रकम चन्दाबाटै उठाइरहेको मन्दिर पुनर्निर्माण चन्दा संकलन समितिका संयोजक प्रकाश सत्यालले जानकारी दिए ।

    पौरानिक किम्वदन्तिमा उल्लेख भए अनुसार मथुरेश्वर मन्दिरको फुलबारीमा बसोबास गर्ने पुर्खा हरिका छोरा तुलसीरामका छ भाइ छोरामध्येमा अपुताली तथा असामयिक निधन भई बाँकी रहेका छोराहरू मध्ये तीन भाइले मात्र अंश लिएका थिए । तिनमा प्रियपतिकी मथुरा नाम गरेकी एक दिदी बाल बिधुवा भइ माइतमा नै रहेकी थिइन । भाइहरूले दिदीलाई जिविकोपार्जनका लागि अंश दिएका थिए । तिनै मथुराले १७११ सालमा मथुरेश्वर महादेवको मन्दिर तथा बटुवाहरूको निमित्त एक पाटी बनाएकी उल्लेख गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार