२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तीन नगरपालिका तथा एक गाउँपालिकाको बजेट सार्वजनिक


२४७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ ३०, शनिबार मा प्रकाशित ६ साल अघि
  • बनेपा- नगरपालिका तथा गाउँपालिकाहरुले नीति तथा कार्यक्रमका साथसाथै बजेट सार्वजनिक गर्न थालेका छन । जिल्लाका नमोबुद्ध नगरपालिका, पनौती नगरपालिका र बनेपा नगरपालिका र बेथाञ्चोक गाउँपालिकाले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

    पनौतीको ९२ करोड ३८ लाख

    आव २०७५-०७६ को नीति तथा कार्यक्रम नगर प्रमुख भीम न्यौपानेले प्रस्तुत गरेका थिए भने आय व्यय सहितको बजेट तथा कार्यक्रम उपप्रमुख गीता बन्जाराले गरेकी थिइन । पनौती नगरपालिकाले आ.व. ०७५-७६ का लागि ९२ करोड ३८ लाख १० हजारको आय व्यय प्रस्तुत गरेको छ । उपमेयर बन्जाराले आन्तरिक आयबाट ४१ करोड १ लाख ६१ हजार, राजश्व बाँडफाँडबाट ११ करोड १५ लाख ४३ हजार, नेपाल सरकार, प्रदेश सरकारबाट वित्तीय समानिकरणको अनुदानबाट १४ करोड ४० लाख र अन्य श्रोतबाट १५ करोड ४ लाख ६ हजारको बजेट प्रस्तुत गरेकी थिइन ।

    प्रमुख न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक क्षमता विकास तथा सुशासन तर्फ नागरिक तथा सेवाग्राहीहरूलाई सर्वसुलभ ढङ्गबाट सेवा प्रदान गर्ने, सार्वजनिक यातायातका साधनमा टिकट लागु गर्ने, बसपार्कको वैकल्पिक व्यवस्था गर्ने, सहकारीको नियमन, अनुगमन र संरक्षण गर्ने, सार्वजनिक सम्पति उपयोग था संरक्षण गर्ने, प्राकृतिक श्रोत तथा वातावरण संरक्षण गर्नका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक वडामा एक खेलमैदान निर्माण गर्ने, विपद व्यवस्थापन ऐन निर्माण गर्ने, एम्बुलेन्स र दमकलको व्यवस्था गर्ने, संस्कृति सम्पदाको संरक्षण गर्ने लक्ष्य लिइएको छ ।

    नगरपालिकाले योजना फरफारक तथा पेश्की बेरुजु असुलीलाई प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाइएको छ । पर्यटनलाई विशेष जोड दिँदै समाजिक विकास तर्फ विद्यालयहरूको शैक्षिक, प्रशासनिक र व्यवस्थापकीय सुधार सहित दरबन्दी मिलान गर्ने, बालमैत्री स्थानीय शासन घोषणा गर्ने, एकल महिला र सम्बन्ध विच्छेद भई बसेका महिलाहरूका लागि समाजिक सुरक्षा भत्ता उपलब्ध गराउने, सुत्केरी भैसी भत्ता उपलब्ध गराउने जस्ता कार्यक्रम सार्वजनिक भएका छन् ।

    बनेपाको ६९ करोड ४५ लाख

    सभामा नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले आगामी आर्थिक वर्ष २०७५-२०७६ का लागि ६९ करोड ४५ लाख ५३ हजारको आय ब्यय प्रस्तुत गरे । नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै प्रमुख बादेले आन्तरिक श्रोत तर्फ रजिस्ट्रेसन शुल्क सहित ८ करोड ५२ लाख १० हजार प्रक्षेपण गरिएको छ । काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजना सफल बनाउन, बनेपाको फोहोर ब्यवस्थापनका लागि दीर्घकालिन समाधानका लागि पहल गर्न र अन्य भौतिक तथा सामाजिक विकासका कार्यक्रमहरुका लागि बजेट विनियोजन गरिएको उपप्रमुख रेखा सापकोटा दाहालले बताइन । नगरले तर्जुमा गरेको नीतिमा नगरको आर्थिक, समाजिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य सम्बन्धी, वातावरणीय, विपद व्यवस्थापन, लक्षित वर्ग अन्तर्गत महिला, बालबालिका तथा अपाङ्ग, दलित तथा पिछडा वर्ग, सहकारी, खेलकुद तथा पूर्वाधार विकासका विषयमा बुँदागत रूपमा समेटि उपलब्ध स्रोतका आधारमा ती क्षेत्रहरूलाई बजेटमार्फत समेटिएको छ ।

    नमोबुद्धले ५० करोड २० लाख

    नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले नीति तथा कार्यक्रम प्रस्तुत गरी आ.व. २०७५÷०७६ को आर्थिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
    नगरपालिकाले चालु आ.व. ०७४-७५ मा विभिन्न श्रोतहरूबाट ४८ करोड ८३ लाख ७१ हजार भएकोमा ४२ करोड ५० लाख २८ हजार असार २७ सम्म खर्च गरेको छ । सोहि आम्दानी र खर्चका आधारमा नगर सभामा आ.व. ०७५÷७६ का लागि नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सडक तथा खानेपानीको पूर्वाधार विकास, वातावरणमैत्री नगर गुणस्तरीय शिक्षाका लागि विद्यालयलाई सूचाना प्रविधी मैत्री बनाउने, सुशासन प्रत्याभुति गराउन संस्थागत सुधार गर्ने योजना सार्वजनिक गरेका छन् । आन्तरिक आय ४ करोड ४८ लाख ६५ हजार राजश्व बाँडफाड, वित्तिय समानीकरण, अन्य आय समेत गरी कुल ५० करोड २० लाख ५६ हजारको आय व्यय प्रस्तुत गरिएको छ ।

    सभामा विपद व्यवस्थापन विधेयक २०७५ प्रस्तुत गरी स्विकृत गरेको छ । आर्थिक विधेयक २०७५, विनियोजित विधेयक अन्तर्गत आ.व. ०७५-७६ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरी प्रस्तुत गरिएका विषयमा उठेका प्रस्तावहरू अनुमोदन गरिएको थियो ।

    बेथाञ्चोकको ३४ करोड ४० लाख

    विहीवार नै आयोजना गरिएको बेथानचोक गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले गरेका छन । कार्यक्रमका गाउँपालिका अध्यक्ष तिमल्सिनाले गाउँपालिका भित्रको पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्रथमिकतामा राखेर कार्यक्रम संचालन गरिने बताए । सभामा उपाध्यक्ष सरिता लामिच्छानेले ३४ करोड ४० लाख २७ हजार ७ सयको आय व्यय प्रस्तुत गरेकी थिइन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार