२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्वामीजीको ट्रकमा १२ बर्षिय बालिका बलत्कृत


२४९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण ११, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • सूर्य बराल
    चितवन-चितवनमा एउटी १२ वर्षे बालिका बलत्कृत भएकी छिन् । भरतपुर महानगरपालिका वडा नं. ३ आनन्दमार्ग स्थित अविनाश ह्याचरी प्रा. लि.द्वारा सञ्चालित ट्रकका सह चालक वर्ष २२ का अनिल तामाङले नारायणगढकै बालिकालाई गत श्रावण ७ गते राती जबरजस्ती करणी गरेका हुन् ।

    सह चालक तामाङले बाबु नभएकी ती टुहुरी बालिकालाई शुरुमा ललाई फकाइ गरी कोक लगायतका पेय पदार्थ खान दिई ट्रकभित्र लगी जबस्र्जस्ती करणी गरेको पीडित बालिकाकी आमाले बताइन् । ती सहचालकले शुरुमा राम्रै व्यवहार गरी कोक खान दिएको, घुम्न जाउँ भनी नारायणीको पुलतिर लगेको र फर्कने क्रममा ह्याचरीको चल्ला बोक्ने ट्रकभित्र मुख थुनेर जबस्र्जस्ती करणी गरेको पीडा बालिकाले सुनाइन् । रातभर बन्धक बनाई आफूमाथि ३ पटकसम्म जवस्जस्ती करणी गरेको भन्दै पीडक सह चालकलाई कानूनी कारबाहीको माग गर्दै गत ९ गते प्रहरीमा जाहेरी समेत दिएकी छन् ।

    यस विषयमा जिल्ला प्रहरी कार्यालयमा बुभm्दा भरतपुर महानगरपालिका वडा नं. १६ घर भै अविनाश ह्याचारीको ट्रकमा काम गर्ने सह चालक अनिल तामाङले सीता शर्मा (नाम परिवर्तन) लाई पटक पटक जबजस्ती गरेको उजुरी परेको जानकारी प्राप्त भएको बताइयो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कृत भएको पुष्टि हुन आएकोले अभियुक्तलाई प्रक्राउ गरी हिरासतमा लिइएको छ । अभियुक्तलाई प्रचलित कानून अनुसार जवर्जस्ती करणी मुद्दामा कारबाही गरिने प्रहरी प्रबक्ता ढकालले बताए ।

    स्मरणरहोस्, बालिका बलात्कृत भएको ट्रक नेपाल पोल्ट्री व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष गुणचन्द्र विष्ट उर्फ स्वामी कृष्णानन्द भारतीको हो । प्रहरीले सोधपुछका लागि चालकलाई नियन्त्रण लिएर छाडेपनि बालिका बलात्कृत हुन प्रयोग भएको ट्रकलाई भने नियन्त्रणमा नलिँदा बलात्कारका सूक्ष्म प्रमाण तथा निसानीहरु नष्ट हुने अवस्था आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार