२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाउँलेले कुटेर मारे दुई झाँक्रीलाई


३२३६ पाठक संख्या

आर.एल.श्रेष्ठ धादिङ-आफु झाँक्री भएको भन्दै स्थानिय गाउंलेहरुलाई धेरै दुःख दिन थालेपछि स्थानियलाई अशैह्य भई कुकपिट

  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण १४, सोमबार मा प्रकाशित ५ साल अघि
  • आर.एल.श्रेष्ठ
    धादिङ-आफु झाँक्री भएको भन्दै स्थानिय गाउंलेहरुलाई धेरै दुःख दिन थालेपछि स्थानियलाई अशैह्य भई कुकपिट गर्दा मृत्यु भएको छ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा दुईजना झाँक्रीको मृत्यु भएको हो ।

    गाउंलेहरुको मिलिमतो कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको थियो । गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

    घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट टोली गएको प्रहरी उपरीक्षक विकले बताए ।

    पछिल्लो समयमा आएर चौतर्फी रुपमा धामी झाँक्री साथै माताको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको धेरै उदाहरणहरु रहेका छन् । बिषेश गरेर काठमाडौ, ललितपुर, भक्तपुर, धादीङ्, काभे्र लगायतको स्थानहरुमा झारफुकको नाममा ठगी गर्नेको ठुलै लर्को लागेको छ । काभे्रमा रहेको शिर मेमोरीयल र धुलिखेल अस्पताल छेउछाउमा बसेर आफुले अस्पतालले निको पार्न नसकने रोग निको पार्ने भन्दै प्रचार प्रशार गर्दै अखडा जमाउने गरेका छन् । कतिपयले त ठुला बोर्ड राख्दै झारफुक गर्ने गरेको छ । केहीलेत फुकफाक गर्दै आयुर्बेदिक औषदि समेत भिडाउने गरेका छन् ।

    यस्ता झारफुकका नाममा ठगी गर्दै घरपरिवारमा समेत पिडा दिने गरेका छन् । अक्षेता फुकेको भन्दै सो अक्षतालाई घरमा छर्नुपर्ने, धुपलाई घरमा लगेर वाल्दा सवै आफ्नै वहसमा पर्ने भन्दै भ्रमको खेती गर्नेहरुको समेत ठुलै लर्को लागेको छ । जसका कारणले घरपरिवारका विचमा समेत आतंक फैलाउन सफल भएका छन् माताको भेसधारीहरु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार