२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

खानेपानी योजनालाई सुरक्षा तालिम


५०४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण १६, बुधबार मा प्रकाशित ५ साल अघि
  • नवराज सापकोटा
    बेथानचोक। बेथानचोक गाउँपालिकाका विभिन्न ७ सामुदायिक विद्यालय तथा समुदायहरुलाई लक्षित गरी विभिन्न साना खानेपानी योजना संचालन हुने भएका छन् ।

    बेथानचोक अन्तर्गतको ढुर्खक, तथा साविक च्यासिंखर्कका विद्यालय तथा समुदायलाई आधार मानि योजना संचालन हुन लागेका हुन् ।
    निर्माणका क्रममा रहेका उक्त आयोजनाका उपभोक्ताहरुलाई लक्षित गरी ३ दिने खानेपानी सुरक्षा योजना तालिम सम्पन्न भएको छ । बेथानचोक गाउँपालिका हलमा संचालन भएको तालिममा प्रत्येक योजनाबाट ५ जनाका दरले ३५ जनाको सहभागिता रहेको थियो ।

    आर्सो नेपालको प्राविधिक सहयोग तथा फिनल्याण्ड सरकार तथा युनिसेफको आर्थिक सहयोगमा संचालित तालिमको कार्यक्रम संयोजक खगेन्द्र कुमार साउद,इन्जिनियर हिमाल वली स्वास्थ्य प्रर्बन्धक समृद्धि गुरुङ, प्राविधिक गोकुल कुँवर, सामाजिक परिचालिका सुस्मिता बुढाथोकी, प्राविधिक पुष्पाञ्जली लामिछाने लगायतले सहजीकरण गरेका थिए ।

    तालिम कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्यको अतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व रेव प्रसाद वास्तोलाले गरेको थिए ।

    तालिमको पहिलो दिन खानेपानी सुरक्षा योजना विषयमा भएको प्रशिक्षण पछि खानेपानी सुरक्षाका विषयमा प्रयोगात्मक कार्य संचालन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार