२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

माेटरसाईकल जलाउदा गाउनै अातङ्कित


३२२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण २०, आईतबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल। पाँचखाल नगरपालिका वडा नँ १२ र वडा नँ १० का स्थानिय अातङ्कित भएका छन् ।

    शनिबार राति बर्षात भै रहेकाे अवस्थामा पाँचखाल १० नयाँगाउमा राति ११/३० बजेकाे समयमा स्थानिय सादुराम घिमिरेकाे नाममा रहेकाे बा २१ प ६५२७ नँकाे माेटरसाइकल जलाउने प्रयास गर्दै घरदेखि ३ सय मिटर पर जाेर पहिराेमा लादै गर्दा गाउलेले थाहाभइ लखेट्दा पहिराेमा फालेर भागेकाे स्थानिय भिमसेन घिमिरेले जानकारि गराउनु भयाे । घिमिरेका अनुसार कव नेपालकाे गाडिकाे सहायता लिदै लखेट्ने क्रममा तीन जना देखियकाे तर बर्षातकाे कारण समाउन नसकेकाे बताउनु भयाे ।

    त्यसैगरि पाँचखाल नपा १२ बकुल्टारमा अन्दाजि रातिकाे १२/३० काे समयमा प्रकाश तिवारिकाे नाममा रहेकाे बा ७ प ६१०८ नँ काे माेटरसाइकल अाफ्नै घरकाे अागनमा राखिराखेकाे अवस्थामा घर भन्दा २ सय मिटर पर लगि अाजाद माबिकाे नजिक तिनपिप्ले बाेहाेरे दाेभान सडकमै राखेर जलाएकाे वालुवा प्रहरि चाैकि इञ्चार्ज प्रशनि भुपेन्द् भारतिले जानकारि गराउनु भयाे ।

    त्ययसैगरि पाँचखाल १२ का स्थानिय सराेज चिमाैरियाकाे नाममा रहेकाे बा ३१ प ८२३२ नँकाे माेटर साईकल घरमै राखेकाे अवस्थामा अाँगनमै अागाे झाेसेकाे र साेहि समयमा चिमाैरियाका घरका अन्य सदस्यहरु बिम्झदा नजिकै अागाेकाे उज्यालाे देखि सवै उठेर उतै हेर्दा अाफ्नै अागनमा राखेकाे माेटर साईकलमा अागाे लागेकाे देखेपछि निभाएकाे प्रहरि इञ्चार्ज भारतिले जानकारि गराउनु भयाे ।

    स्थानिय एवँम अाजाद माविका शिक्षक प्रल्हाद प्रसाद तिमल्सिनाकाे अनुसार पछिल्लाे समयमा स्थानिय घरेलु मदिराकाे कारण दिनपर दिन असुरक्षा बढ्दै गएकाे बताउनु भयाे ।उहाँको अनुसार वालुवा चाैकिमा दरवन्दि ११ जना रहेपनि नियमित रुपमा ५ जना मात्र रहने गरेकाेले समयमा ग्रस्ति नहुदा साथै स्थानिय घरेलु मदिरा र जुवा तास नियन्त्रण गर्न नसक्दा समस्या भएकाे बताउनु भयाे । तिमल्सिनाले थप्नुभयाे १ बर्ष अगाडि पनि माेटर साइकल जलाएकाे थियाे साे समयमा दाेसिकाे पहिचान गरि कावाहि गर्न नसक्दा समस्या दाेहाेरियकाे बताउनु भयाे । हालकाे घटनाकाे दाेसिकाे पहिचान गरि कावाहि गर्न नसके अझ धेरै ठुलाे प्रकारकाे घटना घट्न सक्ने बताउनु भयाे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार