२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अाैसधी अभावमा घरपालुवा जनावर सखाप


३६९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण २०, आईतबार मा प्रकाशित ५ साल अघि
  • अाइ अार के मैनालि

    काभ्रे ।कृषि प्रधान देशका कृषाकहरुकाे समस्याकाे बारेमा सम्बन्धित निकाय माैन रहदा  कृषकहरु समस्यामा परेका छन् । नेपाल अाैषधी व्यवस्थापन बिभाग र अाैषधी व्यवसायि हरु बिच करकाे बिषयमा भएकाे बिवादकाे कारण पशुकाे लागि अावस्यक अाैषधी अभाव हुदा उपचार नपायर धेरै घरपालुवा चाैपायहरु मर्ने गरेकाे छ ।

    बर्षादकाे समयमा पशुमा देखा पर्ने सिताङ्ग ज्वराे (मिल्क फीवर) राेगकाे प्रकाेप फैलदै गर्दा साे राेगकाे उपचारकाे लागि अावस्यक पर्ने (मिनरल थाइकल) अाैसधि चार महिना देखि अभाव भएकाे छ । अाैषधिकाे अभावले गर्दा विशेष गरेर लैनाे गाइहरु मर्ने गरेकाे छ । एउटा लैनाे गाई मर्दा एकलाख सम्म नाेक्सान कृषकहरु वताउछन् ।

    पाँचखाल नगरपालिका वडा नं 6 निवासि कृषक बाेल वहादुर श्रेष्ठका अनुसार अाफ्नाे लैनाे गाइलाइ राेग लागेपछि उपचारकाे लागि धेरै तिर धाउंदा पनि अाैषधी नपाउंदा अाफ्नाे लैनाे गाई मरेकाे बताउनु भयाे ।गाई मर्दा ७० हजार नाेक्सान भएकाे वताउनु भयाे ।

    यसै बिषयलाइ लिएर पशु स्वास्थ्य प्राबिधीक भाेजराज पन्तसंग सम्पर्क गर्दा यतीखेरकाे समय गाई भैंसी बिहाउने समय हाे साथै याे समयमा गाई भैसिलाइ ( सिताङ्ग ज्वराे) मिल्क फिवर अाउने समस्या हुने र समयमा उपचार नभए मर्ने बताउनु भयाे । गाउँ गाउंमा मात्रै हाेईन काभ्रे जिल्ला भरिने याे राेग फैलिएकाे छ, तर अाैषधि अभावका कारण उपचार हुन नसक्दा हजाराैकाे संख्यामा मर्ने गरेकाे बताउनु भयाे ।

    समयमा उपचार नभएर धेरै गाई भैंसी मर्दा वीमा कम्पनिहरु समेत समस्यामा पर्ने भएका छन् । प्रय गरेर सवै कृषकहरुले गाई भैसिकाे बीमा गरेका हुन्छन् । उपचार अभावले मर्ने गाई भैसीकाे संख्या दिनपरदिन वढ्न थालेपछि बिमा कम्पनिनै धरापमा पर्ने भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार