२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा कर घटाउनु पर्ने भन्दै नेकपाले बुझायाे अबधारणा पत्र


३७९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण २१, सोमबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल। पाँचखाल नगरपालिकाले साउनकाे पहिलाे हप्ता जारि गरेकाे सम्पत्ति करकाे बिषयमा व्यापक मात्रामा बिराेध भएपछी नगरमा राजश्व लिने कार्य राेकेर छलफलमा जुटेका छन् ।

    नगरकाे कार्यपालिकाकाे बैठककाे निर्णय अनुसार जारि गरेेेेकाे सम्पत्ति  कर नगरवासीले तिर्नै नसकिने गरि लागू गरेकाे भन्दै बिराेध स्वरुप नेकपा पाँचखाल नगर कमिटि, उद्याेग बाणिज्य सघ पाँचखाल, नेपाली काङ्ग्रेस पाँचखाल नगर समिति समेत्ले ज्ञापन पत्र बुझाएका थिए ।

     

    ज्ञापन पत्र बुझ्दै नगरका मेयर महेश खरेलले जारि भएकाे सम्पत्ति कर ढुंगाकाे अक्षर नभएकाे सम्साेधन गर्न सकिने बताउंदै ज्ञापन पत्र बुझ्नु भएकाे थियाे । त्यसैगरि मेयर खरेलले नेपाली काङ्ग्रेसले साउन १५ गते अायाेजना गरेकाे एक कार्यक्रममा पांचखाल नगरमा लागू गर्न लागेकाे कर पाँचखाल नगरवासिले तिर्न नसक्ने प्रकारकाे भएकाेले हाल जारि गरेकाे सम्पत्ति कर व्यवस्थापन कार्यविधिमा ताेकियकाे करमा ५० प्रतिशत घटाउने बताउनु भएकाे थियाे ।

    मेयर खरेलकाे भनाइ प्रती असन्तुस्ट जनाउदै नेकपा पाँचखाल नगर कमिटिले ५० प्रतिसत घटाएर नहुने भन्दै अाईतबार अवधारणा पत्र बुझाएकाे छ । नेकपाले बुझाएकाे अवधारणापत्रकाे बिषयमा अाज साेमबार कार्यपालिकाकाे बैठक बसि छलफल गर्ने तयारि रहेकाे जानकरि प्राप्त भएकाे छ ।

    यस्ताे छ अवधारणा पत्र

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार