२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काठमाण्डाैकाे सडकमा भदाै १० पछि खाल्टा हुदैन


३३४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण २६, शनिबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल । नेपालकाे राजधानी काठमाण्डाैकाे सडकमा भएकाे खाल्डाखुल्डी अागामी भदाैबाट अन्त्य हुन्छ । राजधानिकाे सडकमा भएकाे खाल्डा खुल्डिले गर्दा अावत जावतमा समस्या हुनाकाे साथै काठमाण्डाै वासीकाे स्वास्थ्यमा समेत असर पुगेकाेले सरकारले सडक मर्मतलाइ पहिलाे प्राथमिकतामा राखेकाे हाे ।

    उक्त भनाइ सुचना तथा प्रविधि मन्त्री गाेकुल वास्काेटाले अाज धुलिखेलमा बताउनु भएकाे हाे । प्रारम्भिक सामाजिक सस्थाकाे पहलमा सिङ्गापुर रेडक्रसबाट प्राप्त प्राथमीक स्वास्थ्य सामागृ बितरण कार्यक्रममा मन्त्रि बास्काेटाले थप्नुभयाे  बर्षादकाे कारणले याे बर्ष काभ्रेको काेशिपारी, राेशीपारी ,तिमाल लगाएकाे स्थानमा रहेकाे सडक बिग्रदा सम्बन्ध बिच्छेद भएकाे छ । जसले गर्दा साे स्थानमा वसाेवास गर्ने स्थानिएहरु समस्यामा परेकाे बताउनु भयाे ।

    मुलुकमा जनताकाे चाहना अनुसारकाे स्थाइ सरकार भएकाेले अागामी बर्ष काभ्रेको कुनैपनि स्थानमा जाने सडकलाइ बर्षादले अाबराेध गर्न नसक्ने ठाेकुवा गर्नुभयाे । काभ्रेकाे दुर्गम स्थानकाे रुपमा हाल चिनिएकाे कुनैपनि धुलेसडकलाइ मजवुत पार्ने बिषयमा सरकार लागिपरेकाे बताउनु भयाे ।

    कार्य क्रममा मन्त्री बास्काेटाले भन्नू भयाे काम सक्न समय लाग्छ, कम्युिनष्टकाे नेतृत्वकाे सरकार बनेकाे थाेरै समय भएकाे छ, यति थाेरै समयमा पनि धेरै उपलब्धि हासिल भएकाे बताउदै अवकाे एक बर्ष भित्र अरनिकाे राजमार्ग पुर्ण रुपमा सन्चालन हुने बताउनु भयाे । साे सडककाे लागि अर्थ मन्त्रालयबाट बजेट निकासा भएकाे जानकारि गराउनु भयाे ।

    कुनै पनि नेपालिले नेपालीकाे माया गर्नु राम्रो कार्य भएकाे बताउदै प्रारम्भिक सामाजिक सस्थाका डाइरेक्टर बद्रिराज तिमल्सिनाकाे अगुवाइमा सिङ्गापुर रेडक्रसकाे सहयाेगमा उपलब्ध भएकाे प्राथमीक स्वास्थ्य सामगृले उपचारमा ठुलाे टेवा मिल्ने बताउनु भयाे , यस्ताे राम्रो कार्यकाे सिकाे सवै नेपालिले गर्न जरुरि रहेकाे बताउनु भयाे ।

    त्यसैगरी कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा.राजन खनालले अार्थिक बर्षकाे अन्तमा बजेट बिनियाेजन गर्ने कार्यले बिकास निर्माण कार्यमा विगतमा केही समस्या भएकाे बताउनु भयाे । अागामी दिनमा विगतकाे जस्ताे परम्पराकाे अन्त्य भएकाेले बिकास निर्माण कार्यमा सहज हुने बताउनु भयाे ।

    कार्यक्रममा काभ्रे जिल्लामा रहेकाे ६ वटा नगरपालिका र राेशि गाउपालिका साथै पत्रकार महासघ काभ्रे शाखालाइ समेत गरि २ हजार ६ सय ३६ प्राामिक स्वास्थ्य सामागृ वितरण गरेकाे थियाे । जसमा राशी गाउपालिका ४०८ धुलिखेल नगरपालिका ३१२, बनेपा नगरपालिका २६४, पनैति नगरपालिका ४०८, पाचखाल नगरपालिका ३०८, नमाेबुद्द नगरपालीका ४०८,मण्डन देउपुर नगरपालीका ३१२ र पत्रकार महासघ काभ्रे शाखालाइ २१६ प्रदान गरेकाे थियाे ।

    सस्थाका डाइरेक्टर बद्रीराज तिमल्सिनाकाे सभापितत्व तथा पत्रकार महासघ काभ्रेको अध्यक्ष माेतिराम तिमल्सिनाले सन्चालन गरेकाे उक्त कार्यक्रममा पुर्व उर्जा राज्य मन्त्री सुर्यमान दाङ, जिल्ला अधिकारी कृष्णवहादुर राउत,मण्डन देउपुर नगरका प्रमुख टाेकबहादुर वाइवा,नेपाली काङ्ग्रेस काभ्रे सभापति मधु प्रसाद अाचार्य, पत्रकार महासघ काभ्रे सल्लाहकार भाेला थापा लगायतले अाअाफ्नाे धारणा राख्नु भएकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार