२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लायन्स द्वारा बृक्षाराेपन


३७८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण ३१, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पनाैती। लायन्स क्लब अफ काठमाडौ टेम्पल पिस काभ्रेको अायाेजनामा बृहत बृक्षाराेपन कार्यक्रम सम्पन्न भएकाे छ ।

    पनाैती नगरपालीका वडा न ४ मा पर्ने पुण्यमाता खाेला काेरिडर बृक्षाराेपन गरि हरियाली हरा भरा साथै स्वच्छ सफा राख्ने उद्देश्यका साथ बृक्षा राेपन कार्यक्रम भएकाे छ ।

    लायन्स अध्यक्ष भाेला थापाकाे अध्यक्षतामा सम्पन्न उक्त बृक्षाराेपन कार्यक्रममा पनाैती नगरपालीकाका प्रमुख (मेयर) भिम न्याैपाने, बिष्णुदल गण धुलीखेलका गणपति रामहरि के सी, काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेश सुनणदर शैजु, पुण्यमावि व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार कर्माचार्य, पनाैती प्रहरी चाैकिका प्रमुख शिबहरी कार्की , नेपाल सेनाका पुर्व सेनानी सहकुल बस्नेत, खप्तड पनैती कल्याणकारी काेष काभ्रेका अध्यक्ष माेहन कुमार बस्नेत साथै सन्चार कर्मीहरु समेतकाे उपस्थितिमा बृक्षा राेपन कार्यक्रम सम्पन्न भएकाे थियाे ।

    विभिन्न जातकाे ३ सय बिरुवा पुण्यमाता खाेलाकाे किनारामा राेपिएकाे थियाे । जसकाे कारणा उक्त क्षेत्र हरियाली साथै स्वच्छ, सफा हुने सहभागीहरुसहभागीहरुले बाताएका छन् । कार्यक्रममा बिष्णु दल गणका गणपति रामहरि के सीलाइ सम्मान गरेकाे थियाे । सुरक्षाकाे साथै सामाजीक क्षेत्रमा पुर्याएकाे याेगदानकाे उच्च मसल्याङ्कन गर्दै लायन्स क्लवले सम्मान गरेकाे थीयाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार