२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगरकाे हितकाे लागि कार्य गर्नेसग सहकार्य गर्छाै : न्याैपाने


२७५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण ३१, बिहिबार मा प्रकाशित ५ साल अघि
  • आइ.आर.के.मैनाली

    पनैती । पनाैती नगरलाइ स्वच्छ, सफासफा साथै हरियालि शुन्दर नगर वनाउने उद्देश्यले युराेपीयन युनीयनकाे सहयाेगमा सन्चालन भएकाे डिएमजिएमकाे अन्तर्किया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ ।

    नगरका प्रमुख भिम न्याैपानेकाे सभापतित्वमा सम्पन्न भएकाे उक्त छलफल कार्यक्रममा डिएमिजएमका प्रतिनिधी सुशील कर्माचार्यले नगरमा सफाइकाे लागि गरेकाे उपलब्धिकाे बारेमा जानकारी गराउनु भएकाे थियाे ।

    उक्त कार्यक्रममा नगर प्रमुख भिम न्याैपानेले ऐतिहासिक पनैती नगरलाइ स्वच्छ, सफा साथै हराभरा राख्ने नगरकाे प्रमुख उद्देश्यलाई साथ दिदै अाएकाे डिएमजिएमकाे कार्य सकारात्मक भएकाे बताउनु भयाे । नगरलाइ सफा राख्ने उद्देश्यले कार्य गर्दै अाएकाे उक्त सस्थालाइ नगरकाे तर्फबाट प्रदान गर्दै अाएकाे अार्थिक सहयाेगलाइ निरन्तरता दिने बताउनु भयाे । नगरकाे हितकाे लागि कार्य गर्नेसग सहकार्य गरि अगाडि बड्ने बताउनु भयाे ।

    कार्यक्रममा स्वागत मन्तब्य राख्दै नगरका बरिष्ट प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारीले डिएमजिएमले नगरलाइ सफाइ गर्ने उद्देश्यले तालीकाकाे अाधारमा कार्य गर्दा सफल भएकाे बताउनु भयाे । ऐतिहासीक पनैती नगरलाइ सफाइकाे साथ उत्कृष्ट नगर बनाउन सम्पुर्ण जनप्रतिनिधि, कर्मचारि साथै नगरवासिहरु अगाडि बढेकाे बताउनु भयाे ।

    कार्यक्रममा नगरका उपप्रमुख गीता बन्जारा, प्रमुख कार्यकारि अधिकृत ध्यान कुमार थापा लगायतले नगरलाइ सफा राख्न डिएमजिएमले खेलेकाे सकारात्मक भुमिकाकाे बिषयमा चर्चा गर्नु भएकाे थियाे ।डिएमजिएमले नगर सफाइकाे लागि पिकप ट्रक १, ट्रीसाइकल ७ हजार ६ सय, डाेकाे ९६, ग्लाेभ्स १ हजार ७ सय, कुचाे २ सय ८४, पन्जा १ हजार ७ सय, माक्स १ हजार ७ सय, सुइराे १ हजार ८ सय, गाडा ८ थान, एप्राेन २५ थान, बुठ २५ थान, ज्याकेट २५ थान, दाते ८ थान, स्थानिय समुदायलाइ फाेहाेर सङ्कलनकाे लागि घ्याम्पाे ४० थान र हाइड्रोलीक ट्रक्टर १ थान व्यवस्था गरेकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार