२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विप्लवका नेताहरु पार्टी परित्याग गर्दै, कुनैपनि दलसंग आवद्ध छैन -बुद्ध


२५५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र ६, बुधबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पछिल्लो समयमा विप्लब माओवादीले आफ्नो गतिबिधिलाई अगाडी बढाउंदै अर्धभूमिगत सैलि अपनाए कार्य गर्दै आएपछि कार्यकर्ताले पार्टी परित्याग गर्ने क्रम बढेको छ । नेकपा माओवादी विप्लब समुहमा रहेर कार्य गर्दै आएका जिल्ला कमिटि सदस्यले पार्टी परित्याग गरी स्वतन्त्र जिवन विताउने बाटो पहिल्याएका छन्. ।

    पार्टीले अवलम्बन गरेको बाटो गलत भएको ठहर गर्दै सो धारण, निति अनुसार पार्टीमा रहेर कार्य गर्ने मनसाय नभएको भन्दै स्वहस्तलिखित विज्ञप्ति जारी गर्दै स्वतन्त्र रहने भएका छन् । पाँचखाल नगरपालिका वडा नं ७ निवासी बुद्ध तामाङले हस्तलिखित विज्ञप्ति अनुसार आफुले विप्लब पार्टीको कुनै पनि पद तथा साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको साथै अव कुनै पनि दलसंग सकृयढंगबाट आवद्ध नरहने, स्वतन्त्र जिवन निर्वाह गर्दै आफ्नो व्यवसाय गरेर अगाडि बढ्ने उल्लेख गरेका छन् । उनले विज्ञप्ति जारी गर्ने क्रममा आफ्नो घरपरिवार (एमाले) नेपका निकट रहेकोले कम्युनिष्ट पार्टीमा आफ्नो समेत झुकाव भएकोले विवगतमा माओवनादी पार्टीमा रही कार्य गर्दै आएको र सोही सनमयमा पार्टी फुट्दा बैद्य माओवादी निकट रहेर कार्य गर्ने क्रममा पुन बैद्यको पार्टी फुट्दा विप्लब माओवादी निकटमा आबद्ध भएको वताएका छन् ।

    जव विप्लव माओवादी पार्टीले अर्धभूमिगत सैलि अपनाएर राजनीतिक सुरुवात गर्ने शंकेत पाएपछि आफु सोही समयबाटै निस्कृय रहंदै आएको, पार्टीले अगाडि बढाएको बिभिन्न गतिबिधि प्रति आफु असहमत हुदै पार्टी परित्याग गर्दै राजीनामा दिएकोे वताएका छन् । पार्टीमा राजीनामा दिई स्वतन्त्र ढंगले रहने विचारका साथ आफ्नो कृषिपेसालाई अंगाल्दै आएको समयमा प्रतीनिधि शभाको निर्वाचनमा माओवादी पार्टीलाई सघाएको वताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार